कमेरो र कमिज


पूर्वतिरबाट घाम हिमाल हुँदै हाम्रोमा आउँथ्यो । भरखर लगाएको कमेरो र रातो माटोले लिपेको घर चमक्क चम्किन्थ्यो । मानौं मलाई चुनौती दिएको हो ।
‘ओई काले तैंले लाएको सेतो पोलिस्टारको कमिज सुरुवाल भन्दा त मलाई सुहाएको छ । हेर त म कति चिटिक्क छु ।’
हो पनि चिटिक्कै छ । नहोस पनि किन ? आमाले पल्लो पाखाबाट कमेरो खनेर ल्याउँथिन् । पल्लो पाखा पुग्नलाई झन्डै एक घन्टा हिड्नु पर्ने । जाँदा अलिकति तेर्सो छ । त्यस पछि ओरालै ओरालो । आउँदा उकालै उकालो हुने भैगयो । आमा कमेरो खन्न विहानै जान्थी । काकी पनि जान्थिन् । आफ्नै घरको लागि कमेरो ल्याउन । हामी दाजुभाइ दिदी वहिनीको टोलीको घरमा के काम ? आमाका पछि लागिन्थ्यो ।
‘कमेरो । माटोको राजा हो । आमा भन्थिन । जहाँ पायो त्यही हुने हो र ?’ हो पनि । धेरै त कालो माटो छ, बलोटे माटो छ । कहाँ पाईन्छ र सेतो माटो ? हो राजै हो । आमाको कुरामा दम छ ।
‘मान्छे पनि त्यस्तै हो । असल र राम्रो मान्छे जता ततै पाईदैन ।’ आमाले भनेको दोस्रो कुरा बुझ्दै बुझ्दैन थिएँ । मान्छे उस्तै हैनन् र ? कहाँको कमेरो कहाँको मान्छे ।

कमेरो खन्ने ठाउँ अप्ठ्यारो थियो । सानो ढिस्काको मुनी । अलि तल सिम छ । पानी भुलभुल निस्किन्छ । कमेरो खन्ने ठाउँ पनि ओसिलो छ । अन्त ठाउँको जस्तो मान्छेहरु हाम्रो कमेरो खन्ने ठाउँमा छैनन् । किनकी त्यो हाम्रो आफ्नो नीजि हो । नत्र त पालो कसरी पाइन्थ्यो होला र ? हाम्रै मात्र भए पनि राती राती मान्छे कमेरो लैजान्छन् । आमा कहिले कही यसरी लैजानेलाई गाली गर्छिन् ।
कमेरो, मुस्किले ज्यान छिर्ने ठाउँमा छ । सानो कुट्टोले विस्तारै विस्तारै खन्नु पर्ने । हाम्रो बाजेकै पाला देखि नै यही बाट लैजाने गरेको रे । खन्दा खन्दा कता हो कता गहिरो भैसकेको छ । हेर्दै डर लाग्दो । म दशै छेका कमेरो खन्दा मान्छे पुरिएको समाचार आक्कल झुक्कल सुन्छु । मन झसंग हुन्छ ।
हामी रमिते सन्तान छौं । आमा र काकी पालो पालो सानो कुट्टोले कमेरो अलि अलि गर्दै खनेको छ । बाहिर हुने हामी जम्बो टोली त्यसलाई बोरामा हालेको छौं । घाम तात्दै जान्छ । कमेरोको बोरा भरिदै आउँछ । आमाको लुगा, अनुहार, जीउ भरि नै कमेरोले सेतै हुन्छ । हुन त हामी पनि हुन्छौं । हामी रमाइलोको लागि ।
‘यति भए पुग्छ ।’ आमा कमेरोको बोरा हेरेर अनुमान लगाउँछिन् ।
कमेरोको माटो न पर्यो । आम्मा हो कति गह्रुङ्गो छ । म कमेरो भरिएको बोरा हल्लाउन खोज्छु । चलाउन सके पो । आमा नाम्लो लाउँछिन ।
‘मिलेर बोरालाई घचेट त ।’ हामी एक जत्था मिलेर पछाडीबाट बोरालाई आमाको ढाडमा हुत्याउने खोज्छौ । आमा बल लाउँछिन ।
उकालो बाटो । कमेरो बोकेर आएको पसिना पुछेर आमाको अनुहार कुनै कमेडी क्लबमा हसाउने जोकरको भन्दा कम हुँदैन । दुःखले कमेरो घर पुग्छ ।
‘बाई आस्याङ’ छन् हामीलाई सहयोग गर्ने । मेरो मामाको मित अरे । मामाको मित पक्का मामा । उनी नेवार हुन् । तामाङ भाषामा बाई भनेको नेवार । त्यसैले उनी नेवार मामा अर्थात ‘बाई आस्याङ’ । उनै आस्याङको काम हो घरमा कमेरो लाई दिने ।
घर दुई तल्ले छ । माथिल्लो तल्लामा भर्याङ लाएर कमेरो लाउनु पर्छ । तल्लो तलामा पर्दैन । कमेरो पानीमा घोल्यो । बाबियोको कुचो बनायो । पानीमा घोल्यो । त्यही कुचोले कमेरो छ्याप्ने । तीन भागको एक भाग त ढुङ्गै छ । मुले कमेरोमा ढुङ्गै ढुङ्गा हुने रहेछ । गह्रुङ्गो नभएर के होस् ?
आस्याङ छ्याप छ्याप कमेरो दिनै भरि लगाएर लाई दिन्छन् । घर वरिपरि कमेरोको सेतै सेतो ।
कमेरो सुख्खा भए पछि पेटी र आँगनमा रातोमाटो प्रयोग हुन्छ । यो माटो घरै अघि छ । जति खेर चाहियो । ल्यायो ।
यत्रो मेहनत खाएको घर किन नराम्रो हुनु ?

मेरो पोलिस्टरको कमिजको कथा कमेरो र रातो माटोले चम्किएको घरको जस्तो छैन । बाले धेरै सन्तानलाई एकै थानबाट मिटरका मिटर कपडा किन्दिन्छन् । पसले कति बर्षको मान्छे छ त्यही अनुसारको कपडा कति मिटर चाहियो काटि दिन्छन् ।
बा डोरी ल्याउँछन् । हात यति लामो । सुरुवाल यति लामो । कमिज यति लामो । उनी डोरीमा गाँठो बनाउँछन् । फिटिङ साईजको भन्दा लामो ।
हाम्रो लुगा सिलाउने दमाई बाजे छन् । पाका उमेरका । ज्यान खाई लाग्दो छ । दशै छेका उनी कपडामै पुरिएका हुन्छन् । कसको के सिलाउनु ? कतिको सिलाउनु ?
‘विष्टहरुलाई खुशी पार्न मैले हिजो बति बालेर राती अबेरसम्म सिलाएको ।’ बासँग गुनासो गर्छन ।
‘यो दशै त हाम्रो लागि दशा नै हो ।’ होला पनि । हाम्रो कपडा ती बाजेले एकै दिनमा कहिल्यै सिलाएर दिदैनथे । दुई तीन दिन लाएर हुन्थ्यो । कसैको कमिज छ । कसैको सुरुवाल । सेट नै तयार हुने त भाग्यमानी भैहाल्यो ।
मेरो लुगा तयार भयो । लायो आफ्नो ज्यानमा ठीक हुने खालको एउटा पनि छैन । कमिजको बाहुला लामो छ । सुरुवाल पनि त्यस्तै । मेरो लुगा दाइदाई दियो भने पनि ठिक्क हुने खालको छ । भाइको लुगा मलाई । बा र दमाई बाजे कुरा गर्छन ।
‘यो नाप भन्दा अलि ठूलो सिलाउनु के जेठा । बच्चाहरु हुरुक्कै बढ्छन् । एकै महिनामा ठीक हुँदैन लुगा ।’ दमाई बाजेका कुरा बाले नमान्ने कुरै भएन । त्यस्सै ठूलो नापेर लगेका झन ठूलो सिलाए पछि के हुन्थ्यो । जिन्दगीमा फिटिङ लुगा कस्तो थाहै नहुने । बस नयाँ लुगा त थियो । ती नयाँ लुगाका अर्कै बासाना आउँथ्यो । त्यसको आनन्द अर्कै थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...