मितेरी समाज युएईद्वारा बाढी पिडित लाई सहयोग
अविरल बर्षाका कारण २०७८ भाद्र १० गते रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका -१३ बभनी निवासी सोम बहादुर सुनार (काले) को घर पुर्ण रुपमा भत्किइ क्षति ग्रस्त हुनुको साथै लत्ताकपडा ,खाद्यान्न समेत सबै बाढीले बगाएको र पीडितको आर्थिक स्थिती कमजोर भएको हुँदा घर पुनर्निर्माण गर्ने कुनै हैसियत नभएको कारणले न्यु राईज युथ क्लब- बभनीको पहलमा “घर पुनर्निर्माण कार्य सफल पारौ” भन्ने अभियान लाई साथ दिँदै मितेरी समाज युएईले हातोमाले गर्दै अभियानलाई अगाडि बढाउदै युएईका विभिन्न संघ संस्थाहरु संग हातोमालो गर्दै आर्थिक सहयोग जुटाउदै सहयोग रकम हस्तान्तरण गरेको छ।
उक्त अभियानको लागि आदिवासी जनजाती युवा संघ नेपाल शाखा युएई, आपातकालीन संयुक्त राहत कोष,लाड्घाली संगीत संसार युएई, नेपाल मगर संघ शाखा युएई लगायत विभिन्न शुभ चिन्तकहरु बाट आर्थिक रकम संकलन गरेको थियो ।
कार्यक्रम न्यु राईज युथ क्लबका अध्यक्ष विष्णु पराजुलीको शभापतित्वमा र वडा नं.१३ वभनीका वडा सदस्य धन बहादुर खडका, वभनी टोल विकास समितिका अध्यक्ष भीम क्षेत्री, आमा समूह वभनीका अध्यक्ष शकुसमा पुन,मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन मगरको आतिथ्यमा सम्पन्न भएको थियो ।कार्यक्रम २०७८असोज २६ गते अर्थात १२ अक्टोबर २०२१ फुलपतीको दिन न्यु राईज युथ क्लबले पुनर्निर्माण भएको घरलाई हस्तान्तरण कार्यक्रम गर्दै पिडित परिवारलाई बाजा गाजा सहित घर भित्राएको थियो ।
कार्यक्रम मनोज कुमार क्षेत्रीले संचालन गरेको थियो भने पिडित परिवारलाई क्लबका सदस्य चित्र बहादुर पाईजाले आफ्नो निवास स्थानमा बिना भाडा लगभग ४५ दिन सम्म बस्ने वातावरण मिलाइ सहयोग गरेको भन्दै क्लबका अध्यक्ष बाट खादा लगाई सम्मान गरेको थियो।
कार्यक्रमको अन्तमा मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन मगर द्वारा रु.४३,०००/- (त्रिचालीस हजार ) को चेक न्यु राईज युथ क्लबका अध्यक्ष विष्णु पराजुली लाई स-सम्मान हस्तान्तरण गरेको थियो। मितेरी समाज युएईले विगतमा पनि केन्शर पिडित सिद्धान्त पाईजा बचाउ अभियान लगायत ब्रैस्ट क्यानसर पिडित,पोखराको बाढी पिडित, गुल्मीको आगलगी पिडित,भुकम्प पिडित,अनाथआश्रम सहयोग,वृद्धआश्रम सहयोग जस्तो विभिन्न मानवीय कार्यमा सहयोग गर्दै आएको छ।