‘IDIA’ तेस्रो अन्तर्राष्ट्रिय मजदुर बक्तृत्व कलामा प्रथम हुदाँको अनुभव


प्रवासको जीवन अनि कोरोनाको कहर । निरन्तर कम्पनीको काम वाक्क लाग्दो छ दैनिकी ।

अक्टोबर ७, शनिबार बिहान । झोलामा क्यामरासेट र ल्यापटप छ । पत्रकारितामा बिए पढे पछि रोजगारको सिलसिलामा कोरियामा छु । पत्रकारिता व्यवसायिक रुपमा नगरे पनि एकदमै मनपर्छ । त्यसै मिलेको समयमा यसो केही लेख्ने बोल्ने काम गरि हाल्छु । आज फोनिज संवादको लागि एनआरएनए आइसीसी सदस्य तथा व्यवसायी सोम तामाङ दाजुसंग कुराकानी रेकार्ड गर्ने सल्लाह भएको थियो । भेटघाटको लागि सोम दाइलाई सम्पर्क भो । समय मिल्यो बेलुकीको ।

ह्वासाङमा बस्छन् अमिर योञ्जन । उनलाई फोन गरेँ । उनी आउने भए । समय छ । कता जाने आइडिया आयो सउल गुम्बाको । सन् १९९९ मा कोरियामा कोरियामा आएर अहिले सउल नेपाल गुम्बा संचालन गरिरहनु भएको लामा प्रमुख कुन्साङ दोर्जे फोनमा कुरा भो । उहाँसंगको सम्बन्ध निकट छ । म अहिले सोही गुम्वाको ब्यवस्थापन समितिको अध्यक्षको रूपमा पनि काम गरि रहेकै छु । गुम्बा दक्षिण कोरियाको गाङनाममा छ ।

लामाले खान खाने गरि गुम्बामै निम्तो दिनुभो । अमिर र म त्यतै भेट्ने सल्लाह भो ।

कम्पनीबाट गुम्बा दुई घन्टाको यात्रा गर्नु पर्छ । अमिरलाई पनि त्यस्तै हो । हामी गुम्बाको छेउको धेछाङ स्टेशन भेटेर गुम्बा पुग्दा झन्डै १ बजेको हुँदो हो । गुम्बा दर्शन भयो र भोजन पनि । लामो समय पछिको गुरूसँगको भेट भएकोले पनि कुराकानी लामो भयो ।

विभिन्न देशहरूको प्रवासी नागारिकहरूको दक्षिण कोरिया बसाइ अवधिलाइ सरल र सहज बनाउने उद्धेश्य राखि अन्तर्राष्ट्रिय बौध्द धर्म प्रशिक्षक संघ (The International Dharma Instructors’ Association –IDIA) ले नेपाल, थैल्याण्ड, श्रीलंका, भियतनाम, कम्बोडिया र म्यानमार लगायत देशहरुको सहभागितामा “제3회 외국이 근로자 한국어 말하기 대회 2021” अक्टोबरको १७ मा आयोजना गर्दैछ, हामीले सर्वाजिनक रूपमा गुम्वाले निवेदन अह्वान गरेको केही आएन । नेपालले यस अघि २०१७ मा निमा कुमार घिसिङ तामाङ र २०१८ मा लाक्पा डोल्मा शेर्पाले २ पटक प्रथम स्थान हासिल गरिसकेको छ, हामीले फेरि जित्नुपर्छ । तँपाईहरुले सहभागिता जनाउनु पर्यो । लामाले अनुरोध गर्नुभो ।

यस अघि नै प्रतियोगिताको बारे जानकारी थियो । समय नहुने भएकोले सहभागी हुन नसक्ने जनाएको थिएँ । तपाईहरुले सक्नुहुन्छ । दुई महिना समयावधी छ, यहाँ निवेदन फारम छ, भरेर राखिदिनुस् म पेश गरिदिन्छु । लामाले थप्नुभयो । अमिर जि मान्नु भएन ।

मैले एकछिन सोचें, निरन्तर २ पटक नेपालले प्रथम स्थान हासिले गरेको छ यदि मैले जितिन भने । मनमा कुरा खेल्यो । भित्री मनले भन्यो “मैले आफ्नो जन्मभूमि नेपाल, आफ्नो संस्कार सस्कृति कोरियालीसामु चिनाउन पाउछु, यो त मेरो लागि अवसर हो ।”

बेलुकी हुँदै थियो । सोमदाइलाई भेट्न ईन्छन जानु अघि छिटोछिटो विदेशी परिचयपत्र (एलियन कार्ड) को फोटो खिचें, नाम, उमेर, सम्पर्क नं., इमेल र हस्तक्षार गरेको फाराम गुरूलाई छाडेँ ।

इन्छनको नमस्ते एसिया रेष्टुरेण्टमा रातको साढें ९ बजेतिर पुग्यौ । कोरोना र रात छिप्पेकोले नास्ता खाना खाने केही पहुना र सोम दाजु सहितको स्टाफहरू हुनुहुन्थ्यो । दाइ सेफ भएकोले किचेन तिर व्यस्त, संगै भोजन गर्ने दाइको प्रस्ताबले केही समय गेष्ट रूममा कुरेर गफ गर्दै खाना खायौं । दाइ हातको खाना मिठो रहेछ ।

त्यसपछि अमिर जी र म फोनिज संवाद रेकार्डको तयारीमा जुट्यौं, दाजुहरू भोलिको तयारी । सबै सकिए पछि कुराकानी रेकर्ड भो । सन् २००५ मा सेफ भिसामा कोरिया प्रवेश गरि अहिले आफै रेष्टुरेन्ट व्यवसायी हुँदासम्मको अनुभब १ घण्टा जतिको रेकार्ड गर्यौं ।

अन्तराष्ट्रिय बौध्द धर्म प्रशिक्षक संघ-IDIA १९९८ मा स्थापित, जोगे अर्डर अफ कोरियन बुध्दिजम ‘IDIA’ को मिसनरी गतिविधी ब्युरोसंग सम्बद्द संस्था हो । यो प्रशिक्षण कार्यक्रम पूरा गरेका र योग्यता परिक्षा पास गरेका सामान्य नियुत्त बौध्द सदस्यहरू मिलेर बनेका छन् । संस्थामा विभिन्न समयमा अबध्द सदस्य प्रशिक्षकमध्येबाट IDIA ले प्रतियोगिताको लागि गत महिना मै सहभागि देशका लागि ८ जना भाषा प्रशिक्षकहरू छनौट गरी नियुक्त गरिसकेका रहेछ ।

एक हप्तापछि मेरो नम्बरमा मेसेज आयो,  ‘इ सुन्फुङ, अन्तर्राष्ट्रिय भाषा प्रशिक्षक । तपाईको फुर्सदमा मलाई फोन सम्पर्क गर्नुहोला ।’  दिउसो खाना खानु फुर्सदको समयमा जवाफ फर्काए ‘बेलुकी काम सकेपछि कुराकानी गर्नेछु ।’ शिक्षकको जवाफ ‘हुन्छ’ भन्ने पाएँ । काम सकाएपछि साँझ कुरा भो । आउने हप्ताको आइतबार गुम्बामा भेटेर तयारी कक्षाका सम्बन्धमा बिस्तृतमा छलफल गर्नुपर्छ भन्ने ।

आइतबार दिउँसो २ बजे भेट भयौं, त्यहाँ म पुग्दा शिक्षक, नेपाली टिमको कोरियन व्यवस्थापक गरि २/३ जना कोरियन र गुरू ज्यु हुनुहुन्थ्यो । सुरूमा बोल्न साह्रै गाह्रो भयो, बोलेको पनि आफैं आधा जतिमात्र बुझें तर गुरू जिले नेपालीमा बुझाउनुभयो । कम्पनीमा कोरियन व्यक्तिसंग कुराकानी गर्नुपर्ने जरूरी थिएन । भाषागत रूपमा टाढा थियो ।

कम्पनीमा आन्याङहासेयो, ने, आल्गेस्सयो र खाम्साहाम्नीदा शब्दहरू पर्याप्त थियो । उक्त भेट नै मेरो तयारी कक्षाको पहिलो कक्षा थियो । मलाई केही स्क्रिप पढ्न लगाउनुभयो । एक हरफ पढेँ । आन्याङहासेयो । ‘छनुन नेफालयेस ओन लामा दुध बहादुर इम्नीदा’ भने । थप अभ्यास गर्छौं, उच्चारण राम्रो रहेछ भनेर प्रसंशा गर्नुभयो । भेटमा आफू प्रतिस्पर्धामा सहभागिता हुदाँ गर्ने तयारी कक्षा, समय र प्रकृयाको बारे तय गरियो । आज सुरूको दिन हो संगै केही खाजा खाउ है भनेर शिक्षकले प्रस्ताब राख्नुभयो । अरूले समयको अभाव देखाएर छट्टियो तर हामीले नजिकैको बर्गर हाउसमा वर्गर र चिसो पियौं ।

कोरियाको चाडपर्वलाई मध्यनजर गर्दै ६ हप्ता कक्षा गर्ने कुरा भो ।

त्यसपछि हामीले छुसकको बिदा बाहेक प्रत्येक आइतबार दिउसो ३ देखि ५ बजेसम्म निरन्तर वेइभेक्समार्फत अनलाइन कक्षा गरियो । प्रत्येक दिन कक्षामा मैले पढ्थे र शिक्षकले त्यसमाथि सल्लाह सुझाब दिनुहुन्थ्यो । तयारी गर्दा मलाई एउटै कुराको मनमा आउँथ्यो म मेहनतका साथ प्रथम हुन्छु ।  दैनिक रूपमा समयानुकुल बनाउदै लेख्दै, बोल्दै धेरै अभ्यास गरियो । कक्षा सुरू गरिदा बोलिने बिषयबस्तु २ पेजमा ७ हरफमा थियो निकै अप्ठ्यारो, गाह्रो र लामो लाग्थ्यो । तर अनुभवी र सरल शिक्षक भएकोले छोट्याउदै उच्च स्तरिय शब्दहरूको प्रयोग गर्दै तयारी अभ्यास धेरै गरियो । यसबीचमा घरपरिवार, साथीभाइ, घुमफिर र पत्रकारिताको कामलाइ केही समयको लागि छेउ लगाएँ ।

छुसक बिदामा जेजुदो जाने योजना थियो, तयारीमा ढिलाइले गर्दा आवातजावात साधारण हवाई टिकट दुइतर्फी पाइएन । साथीले फर्किदा पानीजाहजमा आउने जाने पाए पनि हुन्छ भनेर ११ जनाको टिकट बुकिङ गरेछन् । टाढाको यात्रा भएकोले जान मन नलागेर ५ जनाले टिकट १२ हजार वोनका दरले जरिवना तिरेर क्यान्सिल गरियौं । देगोतमा रहेको नमस्ते रेष्टुरेन्टमा गएर नेपाली डिढो खाएर छुसक छुट्टी मनाएँ ।

अक्टोबरको पहिलो आइतबार चाही तयारी कक्षा प्रत्यक्ष भेटेर गर्ने निर्णय भयो । गाङनमदेखि खुरे स्टेशनको अटुसम् कफिशपमा कफिको स्वादसंगै उक्त दिनको कक्षा भयो । उक्त दिन कार्यक्रममा कुन पोसाकमा सहभागिता हुने के के पर्चा पम्पलेट देखाउने भन्ने कुरा बिशेष रह्यो । मैले म नपालको तामाङ समुदायको आफ्नै मौलिक पोशाक (तामाङ गोइलो (ताकी र कोट) छ भनेर मोबाइलमा तामाङ ड्रेसमा सजिएको फोटो देखाएं । शिक्षक खुशी हुदैं राम्रो रहेछ, यो विशेष पनि हुनेछ भन्नुभयो । त्यसपछि कक्षा सकाएर नजिकैको कोरियन रेष्टुरेण्टमा कोरियन खाना खाएर छुट्टियौं ।

१० तारिक कुन्साङ दोर्जे लामा गुरू सहितको  छोटो अनलाइनमार्फत संयुक्त कुराकानी गरि तयारी कक्षा समापन भयो ।

कुरा १७ तारिखको हो, फाइलन दिन भएकोले साँढे ११ मा आइपुग्नु पर्छ भन्ने तालिका थियो । जित्छु भन्ने विश्वास बोकेर तामाङ गोइलो हाते झोलामा बोकेर बिहान सबा आठमा जोगेसा गुम्बाका लागि कम्पनीबाट हिडेँ ।

बस स्टेशनमा १५ मिनेट जति कुरें तर म जाने ठाउँको बसको समयतालिका नै छैन । मन अत्तिरहेको थियो । ३ स्टेशन टाढा ट्याक्सी पार्किङ थियो त्यसैले त्यहाँसम्मको बस चढेर ट्याक्सी चढियो । ड्राइभरले मिटरमा लगेन । मसंग नगद छैन, एटिएम कार्डले हुन्छ नि ? तर उसले उता निकाल्न मिल्छ नभए मेरो बैङ्क खातामा पठाए हुन्छ भन्यो । भाडा १० हजार वन हो । नेपाली समुदायमा केहीले ८, १०, १२ अंकलाइ अशुभ मानिन्छ त्यसैले मैले ९ हजार पठाइ दिन्छु भनेको मानेन, मैले १० हजार १ वोन पठाएँ । बरू उसले ५ सयको सिक्का दियो । खुरे स्टेशनबाट खिम्पो विमानस्थल स्टेशनसम्ममा ट्रेनमा छिट्टे आइपुगेकोले सिधैं दोङदेमुनमा नेपाली खाना खान जान मन लाग्यो ।

कार्यक्रममा लामा गुरू दिउसो २ बजे आइपुग्ने कुरा थियो । अमिरलाइ फोन गरेको फारन मै पो । खाना खाने साथी खोजिरहेको संगै खाने सोचिरहेको मैले कोरियन भाषा प्रशिक्षक तथा मेरो शिक्षक इसुनफुङ लाइ फोन गरे । म त छिट्टै आइपुगे, तपाइको फुर्सद भए दोङदेमुन आउनुहोस् नेपाली रेष्टुरेण्टमा नेपाली परिकार खाऔं । शिक्षकले कार्यक्रमको तयारी गर्नुपर्छ समय छैन भन्ने आशय राख्नु भयो । एक्लै हिडियो दोङदेमुनको रेलमा ।

सउल के पुगेको अमिरको फोन आयो । हामी दुबै एकै समयमा सउल पुगेछौं भेटेर दोङदेमुनको ट्रेन चढियौं । केही बेरमा शिक्षकको फोन आयो दोङदेमुनको बाटो आउछु संगै जाऔला । शिक्षकले पनि नेपाली परिकार खानु भयो ।

खाना खाएर १२ बजे तिर कार्यक्रम हुने ठाउँ जोगेसा पुग्यो । हलमा स्वागत र नाम दर्ताको काम भैरहेको रहेछ । कोरोनाले गर्दा सिट सिमित भएको नेपालको तर्फबाट क्यामराम्यानको रूपमा अमिर, म सहभागी प्रतिस्पर्धीको ब्याच लगाइ हलमा प्रवेश गरे । त्यहा साढेँ १२ रिहर्सल भएकोले मैले तुरून्तै तामाङ गोइलो लगाएर तयार भएँ ।

सौभाग्यले प्रस्तुती मेरो ८ नं. मा भएपनि ४ नं. का थैल्याण्डका प्रतिस्पर्धीको अनुपस्थितिमा मैले सातौंमा आफ्नो प्रस्तुति दिन पाउने सूचना पाएर । विभिन्न ६ देशका ९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा रिहर्सलमा अरू देशको धेरै जसो बोल्दा डराएको के बोल्ने, कसरी बोल्ने हिच्किच्याएको देख्दा मैले धेरै राम्रो प्रस्तुती दिन सक्छु भन्ने मनमा हौसला बढ्यो भने १/२ जनाको राम्रो भएकोले मनमा डर जस्तो पनि थियो ।

कार्यक्रम २ बजे सुरू हुनेभएकोले समय बाँकी थियो, कार्यक्रम स्थल गुम्बा भएकोले बाहिर गुम्न अनुमति पायौं, तस्वीर खिच्दैं र घुम्यौं ।

कार्यक्रम हलमा २ बज्नै लाग्दा सबै बसे । कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि, जजहरू, प्रतिस्पर्धीहरू र उपस्थित सबैलाइ आसनग्रहण गरेर कार्यक्रमको सुरूवात भयो । कार्यक्रममा कोरियाको राष्ट्रिय गान र मौन धारण गरियो । क्ष्म्क्ष्ब् का अध्यक्ष ली जे होङले यो कार्यक्रमले कोरियामा रहेका प्रवासी मजदुरको सहज र सरल जिवनशैली बिताउन सहयोग मिलोस् भन्दै प्रतिस्पर्धी सबैलाइ शुभकामना दिएका थिए ।

प्रतियोगितामा विभिन्न देशबाट नेपाल, थैल्याण्ड, श्रीलंका, कम्बोडियाका १/१ जना भियतनामका २, र म्यानमार ३ जना प्रतिस्पर्धीहरूले हरेकले प्रतिस्पर्धीले नियमानुसार आ–आफ्नो शीर्षकमा प्रस्तुति ५ मिनेटभित्र राखेका थिए ।

कार्यक्रममा म्यानमारका मिन्थेरिनले आफूलाई कोरियन खाना धेरै मन परेकोले स्वदेशमा गएर कोरियन रेष्टुरेण्ट सञ्चालन गर्ने योजना रहेको बताएको बताए । कोरियामा गरेको संघर्ष, कोरियाको संस्कार, संस्कृति, जिवनशैली, ऋृतुहरू र इतिहासको बिषयमा आफ्नो प्रस्तुति राखेको थिए ।

मैले कोरिया इतिहासको आकर्षण बिषयमा प्रस्तुती राखेको थिएँ । ‘एक पटक ३५ बर्ष सम्म जापानी शासनको अधीनमा रहेको बेला कोरियाली नागारिकले निकै दुख कष्ट भोगेको भए पनि स्वतन्त्रताको लागि जनताको अथक प्रयासले अगस्त १५ मा मुक्ति छोटो (स्वतन्त्रता) मिल्यो । कोरिया युद्धले विनाश भयो । आज विकसित कोरिया हेर्दा म साँच्चै कोरियाली जनताको मेहनत अद्भुत कार्यकुशलता देखेर गर्व लाग्छ । कोरियालीहरु स्मार्ट, उत्कृष्ट कौशल र धेरै मेहनती छन् । जोसेन राजवंशको समयमा विकसित विज्ञान र प्रविधीको अविष्कारले साँच्चै राजा सेजोंग महान व्यक्ति थिए भन्ने थाहा हुन्छ । Jikji Simgyeong  संसारको सबैभन्दा पुरानो धातु टाइपफेस हो । नेपाल बुद्धको जन्मभूमि भएकोले पनि इतिहास आकर्षक छ । तर मलाई यो महान कोरियाली इतिहासले तान्यो ।’ जस्तो विविध विषयलाई समेटी प्रस्तुति राखेको दिएँ ।

सबैको प्रस्तुति सकियो । ३० मिनेटको लामो बौद्ध दर्शन सम्बन्धी कोरियाली गुम्बाको डकुमेन्ट्री भिडियो देखाएपछि कार्यक्रम नतिजा आयो । मनमा उत्सुकता बढ्यो । कोरियाली बौद्ध इतिहास र संस्कृति मेमोरियल हलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जोगेसामा आयोजित ६ देशका ९ जना फाइनल नतिजामा नेपालबाट प्रतिनिधित्व गर्ने म प्रथम घोषित भएँ । प्रमाणपत्र र प्ररस्कार लिइ मनमा खुशी हुदैं सबैलाइ धन्यवाद दिए । अन्तमा सामुहिक तस्बीर लिदैं कार्यक्रमको समापन भयो । फेसबुकमार्फत सामाजिक उत्तरदायित्व स्वरुप सउल नेपाल गुम्बा र नेपालको तेमालमा निर्माणाधीन ‘उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा’लाई  म १ लाख ११ हजार १११ वोनका दरले सहयोग गरेँ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट निरु गुरुङ नेतृत्वको कार्यसमिति चयन
  • तमू धीं कोरियाले विश्वव्यापी अनलाइन तमू साँस्कृतिक (नृत्य) प्रतियोगिता गर्ने
  • आदिवासी साहित्यकार/ लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ गर्ने
  • तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन नोभेम्बर १४ मा हुने
  • ताजा अपडेट

    ईपिएस

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

    दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित ...

    कोरिया आउन नपाएका इपिएस पीडितहरुलाई खुशीको खबर

    इपिएस मार्फत रोजगारीको लागि दक्षिण कोरिया आउन लागेको नेपालीहरुमा खुशीको खबर छाएको छ । कोरियन भाषा पास गरी इपिएस प्रणालीको प्रकृयामा रहदै गर्दा गत वर्षदेखि कोरोनाका कारण कोरिया प्रवेश गर्न नसकेपछि निकै मानसिक तनाब झेल्दै आएका थिए । त्यसैले इपिएस संघर्ष समिती गठन ...

    महिला / बालबालिका

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...