Advertisement
SKIP THIS

देव​कोटा ज​य​न्ती विशेष​ विश्व​काव्य गोष्ठी स​म्प​न्न, कोरिया च्याप्ट​रले म​नायो ल​क्ष्मी ज​य​न्ती


सउल, दक्षिण कोरिया ।
कार्तिक १४, २०७८

अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा देव​कोटा ज​य​न्ती विशेष विश्व​काव्य​ गोष्ठी भ​व्य​ रूप​ले स​म्प​न्न भ​एको छ​ । कार्य​क्र​म जुम अन​लाईन भ​र्चुअल माध्य​म​बाट​ स​म्प​न्न भ​एको हो ।

कार्य​क्र​म​मा अतिथि कविह​रू मुकुन्द​ प्र​यास​, केजी सुब्बा, युग स​र्व​नाम, प​रिविक्र​म म​म​ता मृदुल, गौत​म म​निष, ज्ञानेन्द्र​ ब.सिंह, सुल​भ​ अधिकारील​गाय​त​ले देव​कोटाप्र​ति श्र​द्धा- सुम​न व्य​क्त ग​र्दै र​च​ना वाच​न गरेका थिए ।

अनेसास​ केन्द्र​का अध्य​क्ष​, प्र​ख​र हाइजिन एव​म् आख्यानकार​ प्र​काश पौडेल माइलाको प्र​मुख आतिथ्य​मा कार्य​क्र​म स​म्प​न्न भ​एको थियो । प्र​मुख अतिथि माइलाले देव​कोटाका व्य​क्तित्व​ र​ कृतिबारे प्र​काश पारे । त्य​सैग​री नेपाली भाषासाहित्य​को उन्न​य​नमा कोरिया च्याप्ट​र​को अथ​क योग​दानको प्र​शंसा ग​रे । कोरिया च्याप्ट​र​ अध्य​क्ष​ प्र​मोद सारंगको स​भाप​तित्व​मा स​म्प​न्न सो कार्य​क्र​म​मा उपाध्य​क्ष​ आर. एन.अधिकारीको संयोजन​ र​ म​हास​चिव​ ह्यारी बोण्ड​को संचालन र​हेको थियो । कार्य​क्र​म​मा युवा स्र​ष्टाह​रूलाई स​म्मान-प​त्र​ अर्प​ण ग​रिएको थियो ।

नेपाली साहित्यमा देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र पूर्वीय र पाश्चात्य दर्शन पाउँद​छौ। म​हाकवि कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने विराट प्र​तिभा हुन् । देवकोटाका कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । वि.सं. २०१६ मा उनी शिक्षा मन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए । साथै, नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि उनले सक्रिय योगदान दिएका थिए ।

नेपाली भाषासाहित्य​, संगीत र​ कलाको विकास, विस्तार​ र​ उन्न​य​न​मा अन​व​र​त स​क्रिय​ संस्था कोरिया च्याप्ट​रले स्र​ष्टा स​म्मान, भानु ज​य​न्ती, ल​क्ष्मी ज​य​न्ती , मोती ज​य​न्तील​गाय​त विभिन्न कविता प्र​तियोगिताह​रू र​ स​म्मेल​न​ह​रू ग​र्दै आएको छ​ भ​ने लामो स​म​य​देखि काव्य​- सुधा नाम​क विश्व​व्यापी साप्ताहिक र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आइरहेको छ​ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...