तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन नोभेम्बर १४ मा हुने
दक्षिण कोरियामा क्रियाशील तामाङ सञ्चारकर्मीहरुको साझा संस्था तामाङ पत्रकार संघ, दक्षिण करियाको दोस्रो अधिवेशन नोभेम्बर १४ तारिख आइतबार हुने भएको छ । कार्यसमितिको मंगलबार भएको अनलाइन बैठकले उक्त निर्णय गरको हो ।
’जिल्ला शाखा, प्रवास शाखा कार्तिक १५ गतेभित्र गरि सक्नु पर्ने परिपत्र अनुसार अधिवेशनमा जुटेका हौं । यस अधिवेशनमा कोरियामा रहनु भएका तामाङहरुका साथै तामाङ सञ्चारकर्मीहरुलाई सहभागी भैदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ शाखाकी अध्यक्ष सिमा लामाले भनिन् ।
त्यस्तै बैठकले संघको सल्लाहकारहरु गोकुल थोकर र मेघप्रसाद वाईबाको दुई सदस्यीय अधिवेशन निर्वाचन समिति गठन गरेको सचिब राजिब घिसिङले जानकारी दिए ।
तामाङ सञ्चारकर्मीहरूको साझा संस्था तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा दक्षिण कोरियामा गठन भएको हो । सन् २०१८ गठित यो शाखाले कोरियामा पत्रकारिता तालिम लगाएतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।