आदिवासी साहित्यकार/ लेखक महासंघ दक्षिण कोरियाले ‘मातृभाषा काव्य यात्रा’ गर्ने
आदिवासी जनजाति साहित्यकार /लेखक महासंघ दक्षिण कोरियाले मातृ भाषाको साहित्य उत्थान, विकास र सम्बद्र्धनको लागि मातृभाषामै साहित्यक कार्यक्रम ‘मातृभाषा काव्य यात्रा’ गर्ने भएको छ । डिसेम्बर ५ हुने कार्यक्रममा नेपालमा रहेका विभिन्न जनजातिका मातृभाषा रचना वाचन हुनेछन् ।
आफनो मातृभाषामा लेख्दै आउनु भएका र लेख्न खोज्ने लेखक, साहित्यकारहरुलाई सम्मानका लागि पनि यो कार्यक्रम गर्न लागेको महासंघका अध्यक्ष पराजित पोमूले बताए । ‘हामी आफ्नो मातृभाषामा लेख्ने लेखकहरूलाई उपस्थित गराई मातृभाषाको उत्थान, विकाश र समर्द्धनमा सहयोग होस भनेर यो कार्यक्रम गर्न लागेका हौं । यो आफ्नो भाषा संस्कार संरक्षण गर्ने एउटा तरिका हुन सक्छ ।’ उनले भने । ‘कार्यक्रममा वाचन भएका कविताहरुलाई संचलन गरेर संग्रह प्रकाशन गर्ने पनि योजना छ ।’
कार्यक्रम कोरियामा बेलुकी ८.१५ मा सुरु हुनेछ । कार्यक्रममा आदिवासी जनजाति साहित्यकार /लेखक महासंघ संघीय कार्यालय काठमाडौ अध्यक्ष राजन मुकारुङ प्रमुख आतिथ्यतामा हुने पनि महासंघले जनाएको छ । संसारका कुनै पनि ठाउँमा बसेर मातृभाषामा लेख्ने साहित्यकारहरुले [email protected] आफ्ना रचना पठाउन सक्ने पनि आयोजकले जनाएका छन् ।