Advertisement
SKIP THIS

कोरियाको किम्हेमा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने


बोम्जन गुरुङ
२२ नोभेम्बर २०२१ सउल कोरिया ।

कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाको आयोजनामा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन”  हुने भएको छ । आउँदो डिसेम्बर २६ तारिक किम्हे लिटल इण्डिया रेष्टुरेन्टको एक हलमा सो प्रतियोगिता हुन लागेको हो ।

कोरोनाको संक्रमण केही नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष कमल अर्यालले बताए । आउँदो डिसेम्बर १९ देखि दर्ता प्रक्रिया शुरु हुने र खेलाडीलाई प्रवेश शुल्क स्वरुप पचास हजार कोरियन वोन निर्धारण गरिएको प्रतियोगिताको संयोजक राजकुमार आले “प्रिन्स”ले जानकारी दिएका छन् । सो शुल्कसँगै एक सेट नेपाली खानाको व्यवस्था गरिएको बताउँदै प्रतियोगिता मार्फत नेपालीहरु विच एकआपसमा भाईचारा, बन्धुत्व, सद्भावमा अभिबृद्धि हुने संस्थाका वरिष्ठ उपाध्यक्ष आशिष रानाभाटले विश्वास व्यक्त गरे ।

प्रतियोगिताको पहिलो र दोश्रो खेलाडीले आकर्षक ट्रफी, प्रमाण पत्र सहित क्रमशः पाँच लाख कोरियन वोन र तीन लाख कोरियन वोन नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट एक खेलाडीले एक लाख कोरियन वोन सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

विस्तृत जानकारीको लागि :
राजकुमार आले “प्रिन्स” 010-8218-8523
कमल अर्याल           010-5939-8076
आशिष रानाभाट 010-5922-444

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...