तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट निरु गुरुङ नेतृत्वको कार्यसमिति चयन


बोम्जन गुरुङ
२८ नोभेम्बर २०२१, सउल कोरिया ।

तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनका संयोजक मान गुरुङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो ।

संस्थाको सक्रिय व्यक्तित्व निरु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले आफ्नो भाषा, धर्म, संस्कृति र संरक्षणका निम्ति प्रत्येक तमूहरु जागरुक र जिम्मेवार हुनुपर्ने खाँचो औंल्याउँदै कोरियामा तेश्रो शाखा स्थापनाको ऐतिहासिक क्षणमा खुशी व्यक्त गरे ।

विशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया जेजुदो शाखा अध्यक्ष गजिन हाङस्रोङ लिम्बु, किराँत याक्थुङ चुम्लुङ जेजुदो शाखा प्रतिनिधि सुमन हाङ हेम्ब्या, तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखा प्रतिनिधि सुनिता तामाङ, तमू धीं दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष रुपा गुरुङ र स्याङ्जा भिरकोट आठथर तमू समाजका अध्यक्ष तथा संस्थाका निवर्तमान खेलकुद संयोजक देवेन्द्र गुरुङ लगायतले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य राखेका थिए । अन्य अतिथिहरुमा संस्थाका केन्द्रीय सहकोषाध्यक्ष दुर्गा गुरुङ, सदस्य रेशमलाल गुरुङ लगायत संस्था सम्बद्ध व्यक्तित्वहरु उपस्थित रहेका थिए ।

यो अधिवेशनसँगै तमू धीं दक्षिण कोरियाले आफ्नो तेश्रो शाखाको रुपमा जेजुदो शाखा विस्तार गरेको हो । बन्द सत्रमा कार्यक्रम संयोजक तथा सभापति मान गुरुङको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए भने श्याम गुरुङले उद्घाटन सत्रमा कार्यक्रम सञ्चालन गरेका थिए ।

तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा निरु गुरुङ, उपाध्यक्ष सुशिल घले गुरुङ, उपाध्यक्ष राजीव गुरुङ, सचिव रुपक गुरुङ, सहसचिव निशा गुरुङ, कोषाध्यक्ष जनकाशी गुरुङ, सहकोषाध्यक्ष विवश गुरुङ र सदस्यहरुमा कालु गुरुङ, सन्तोष गुरुङ, देव गुरुङ, राधिका गुरुङ, निल कुमारी गुरुङ, रबिना गुरुङ, रेखा गुरुङ, रोशनी गुरुङ, तोरन गुरुङ सर्वसम्मत चयन भएका छन् भने सल्लाहकारमा श्याम गुरुङ र मन गुरुङलाई चयन गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...