दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ मंसिर २४ र २५ मा हुने


नेपाल तामाङ कलाकार संघ नेपालले “दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८” आगामी मंसिर २४ र २५ मा हुने तामाङ घेदुङको सभा हलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत बताएको छ ।

“हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गरौं, दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ हामी सबै मिलि सफल पारौं ।” नाराका साथ हुने महोत्सवको मूल आकर्षणमा ताम्बा संस्कृति रहने नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिनुभयो । साथै तम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति रहने समेत अध्यक्ष दोङले जानकारी दिए ।

विशेषताः महोत्सवमा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबै पक्ष समेटिएको प्रस्तुतिहरू हुने आयोजकले बताएको छ । साथै सेलो‚ खान्दोके, म्हेन्दोमाया र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् ।

संघले प्रत्येक वर्ष गर्ने भनिएको महोत्सव कोरोनाको कारणले गर्न नसकिएको जनाएको छ । साथै “ऐतिहासिक तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव २०७६” नेपाल तामाङ कलाकार संघ, नेपालको आयोजनामा मङ्सिर २७ र २८ गते सम्पन्न भएको थियो ।

महोत्सव काठमाडौंको बौद्ध चुच्चेपाटिस्थित होटल हयातको ग्राउण्डमा हुनेछ । संघले इच्छुक महानुभावहरूको लागि स्टल बुकिङ खुल्ला भैसकेको समेत जानकारी गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...