स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाको चौथो अधिवेशन डिसेम्बर ४ मा हुने


बोम्जन गुरुङ
३० नोभेम्बर २०२१, कोरिया

“आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित दक्षिण कोरियामा रहेको जातीय संस्था स्याङ्जा भिरकोट आठथर तमु समाजको अधिवेशन यही डिसेम्बर ४ तारिक सउलस्थित दोङ्देमुनमा हुने भएको छ ।

तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको समाजका अध्यक्ष देवेन्द्र गुरुङले जानकारी दिए ।

यस संस्थाले स्थापनाकालदेखि विशेष गरेर भिरकोट आठथर क्षेत्रका आपतकालिन विभिन्न समस्याहरुमा आर्थिक, भौतिक सहयोग उपलब्ध गर्दै आइरहेको छ । समाजले मौलिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरेर तमू जातीको संस्कार, संस्कृति, परम्परा र अस्तित्व संरक्षणमा प्रत्यक्ष टेवा पुर्याईरहेको र यस समाजले विगत केही वर्षदेखि सउलस्थित दोङ्देमूनमा आवास गृह (सेल्टर) सञ्चालन गरिरहेको सन्दर्भ समाजका सचिव वाईबि गुरुङले उल्लेख गरे ।

नेपालको गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा अवस्थित प्रसिद्ध आँधीखोला नदीको दक्षिण-पुर्वी भागमा पर्ने साविकका गाविसहरु एलादी, मनकामना, माझकोट शिवालय, बानेथोक देउराली (भिरकोट आठथर) लगायत आसपासका अन्य स्थानदेखि कोरियामा रहेका तमू दाजुभाई र दिदी बहिनीहरु यस संस्थामा आबद्ध रहेका छन् ।

यस अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई स्याङ्जा भिरकोट आठथर तमु समाजले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२१ डिसेम्बर ०४, शनिबार
समय : बेलुका ७:०० बजे
स्थान : दोङ्देमुन, सउल कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...