खोटाङ हलेसी रनिङ कप भब्य रुपमा सम्पन्न


भरत तुलाचन

सोल-खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना सम्पन्न गरेको खोटाङ हलेसी रनिङ कप २०१५ भब्यताका साथ सम्पन्न भएको छ । १२ तारिख आईतबार राजधानी सोलको खाङबुक वेल बिङ स्पोर्टस सेन्टरको आकर्षक खेल स्टुडियममा सौहार्दपूर्ण बातारबरण र सफलताको साथ सम्पन्न भएको हो । आयोजनामा गुल्मी सम्पर्क समिति, पर्वत प्रबासी सेवा समाज, स्याङजा परिवार,छन्त्याल परिवार ,ठकुरी समाज,कास्की परिवार,सोलु सम्पर्क समिति, तनहुं सम्पर्क समिति, सियोङसी ग्रुप, युनिक भिजन, मेची महाकाली युनाईटेड ,म्याग्दी समाज समिति,नेपाल मगर संघ,फाजु समाज, बाग्लुङ र आयोजक टीम खोटाङ सेवा समाज गरि १६ टीमले सहभागिता जनाएका थिए ।

 

खेलको पहिलो चरणमा आयोजक टीम खोटाङलाई गुल्मीले, पर्वतले स्याङजालाई,ठकुरी समाजले छन्त्याल परिवारलाई,कास्कीले सोलुलाई,तनहुंले सियोङसीलाई,युनिक भिजनले मेची महाकालीलाई,म्याग्दी समाजले नेपाल मगर संघलाई र बाग्लुङले फाजु समाजलाई पछि पार्दै दोश्रो चरणमा प्रबेश गरेका थिए । दोश्रो चरणको खेलमा ठकुरी समाज , तनहुं ,यनिक भिजन र पर्वत बाहिरिए पछिको सेमि फाईनल खेलमा म्याग्दीले गुल्मीलाई २-१ ले र बाग्लुङले कास्कीलाई २-० को अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । समय अभावको कारण प्रति गेम १५ लाई अन्तिम अंक मान्ने गरि राती दश बजे देखि शुरु भएको म्याग्दी र बाग्लुङ बिचको फाइनल खेलमा बाग्लुङले म्याग्दीलाई २-० को अन्तरले पराजित गर्दै खोटाङ हलेसी रनिङ कप २०१५ चुम्न सफल भएको छ भने म्याग्दी समाज समितिले दोश्रो उपाधी जितेको छ ।

 

खेल अबधिभर अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको रुपमा म्याग्दीका पुस्कल पुनले बेष्ट प्लेयरको उपाधी हात पार्न सफल भएका छन । समय अभावको कारण आयोजनामा समाबेश गरिएको भाग्यशाली चिट्ठाको नतिजा भने प्रकाशन हुन सकेन । आयोजक को तर्फबाट दिईएको सुचना अनुसार भाग्यशाली चिट्ठाको नतिजा स्याङजा परिवारको आयोजनामा सम्पन्न हुने भलिबल रनिङ कपमा खोलिने छ ।

 

 

खोटाङ सेवा समाजका अध्यक्ष अमृत राईको सभापतित्वमा सम्पन्न खोटाङ हलेसी रनिङ कपको औपचरिक कार्यक्रमका प्रमुख अतिथि महामिम राजदूतज्युको अनुपस्थितिको कारण बिशेष अतिथिहरु एन आर एन एशिया प्याशिफिक संयोजक गंगाराज राई, एन सिसीका नव निर्वाचित अध्यक्ष प्रेमकुमार शाह,एन आर एन आईसिसी सदस्य केपी सिटौला,पुर्व एन सिसी अध्यक्ष तथा खोटाङ सेवा समाजका सल्लाहकार लोचन राई र पुर्वाञ्चल सरोकार समाजका संयोजक काजी नेपाल रहनु भएको थियो । पानसमा द्दीप प्रज्जवलन गरि औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा कोरियामा दिबंगत भएका प्रवासी नेपालीहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको संचालन खोटाङ सेवा समाजका सचिव राम प्रसाद राईको रहेको थियो ।

 

कार्यक्रममा उपस्थित खेल प्रेमी दर्शकहरु सेलरोटी,तरकारी सहितका मिष्ठान्न परिकारहरुको साथमा बियरको चुस्की संगै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अबलोकन गरेका थिए भने कार्यक्रमको प्रायोजन शान्ति रेष्टुरेण्ट,दुर्गा ग्रुप,ज्योति रेष्टुरेण्ट,पुर्वाञ्चल सरोकार समाज र डेख्वाङ ईन्जिनियरिङ कम्पनीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...