Advertisement
SKIP THIS

स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिमा नयाँ नेतृत्व, अध्यक्षमा टुकराज अर्याल


स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । स्याङ्जाको वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको नेतृत्वमा ३२ सदस्य कार्यसमिति चयन गरेको हो ।

“समृद्ध स्याङ्जाका लागि विश्व अभियान”भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले सहमतिय प्रणालि मार्फत नयाँ टिम निर्माण भएको छ। सस्थाको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्ष हरु मध्यपूर्व क्षेत्रबाट हरि लुइटेल, एसिया प्यासेफिक क्षेत्र तर्फ नरेश बहादु जिसी र अमेरिका क्षेत्र तर्फ बिरेन्द्र जङ केसि निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा माया केसी, महासचिव मुक्ति सुबेदी, सचिवहरु राजेश पाण्डेय र मीन क्षेत्री, महिला सचिव इन्दिरा खनाल, कोषाध्यक्ष खगेंद्र गैह्रे, सह-कोषाध्यक्ष धर्म पराजुली, युवा संयोजक ओमकार पोख्रेल, महिला संयोजक निर्मला तिवारी, मध्यपुर्ब संयोजक थमन सिङ रानाभाट, एसिया प्यासेफिक संयोजक हरि प्रसाद न्यौपाने रहेका छन् ।

विधानत सदस्यहरु ९ जना कार्यसमिति सदस्य तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष स्वतस् कार्यसमिति सदस्य रहनेछन् । कार्यसमिति सदस्यहरुमा गुप्त प्रसाद गैह्रे, नारायण प्रसाद डुम्रे, भरत रोकाहा, हुत बहादुर क्षेत्री र एनसिसिहरुबाट अमेरिका-श्रीमती बिमला हमाल श्रेष्ठ, यूएई- गोविन्द भट्टराई, दक्षिण कोरिया-बिजय थापा, जापान- ध्रुब ज्ञवाली, नेदरल्यान्ड-राजेन्द्र शर्मा, बेलायत- शारदा गुरुङ,स्पेन- बिमल गुरुङ, साउदी अरब-श्री पारस काफ्ले, अस्ट्रेलिया- दिपक क्षेत्री,कतार-अजामत अलि, पोर्तुगल-अर्जुन अर्याल, बेल्जियम-पर्शुराम रेग्मी, फ्रान्स-अरुन चाम्रु गुरुङ, मलेशिया- चोलाकान्त पङ्गेनि, जर्मन- श्रीमती निलम सिन्जाली मगर, नर्बे -श्री शालिकराम अर्याल(समन्वय कर्ता) डेनमार्क-बिष्णु शर्मा पौडेल, हंङ्कङ-इश्वर गुरुङ रहेका छन् । नयाँ कार्यसमितिका केहि पदहरुमा भने मनोनयन हुन बाँकी नै रहेको छ। युरोप तथा अस्ट्रेलिया क्षेत्र बाट दुइ जना उपाध्यक्ष, प्रवक्ता, युवा उप-संयोजक, युरोप संयोजक, अमेरिका क्षेत्र संयोजक, अस्ट्रेलिया क्षेत्र संयोजक र ५ जना कार्यसमितिको मनोनयन बाकि रहेको निर्वाचन समिति सदस्य खेम नारायण काफ्लेले बताएका छन् । संस्थाको पहिलो बैठकले यसको टुंगो लगाउनेछ ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना प्रकट गर्दै निवर्तमान अध्यक्ष जीवन न्यौपानेले २०२१-२०२३ को कार्यकाल उत्कृष्ट हुने कुरामा आफु आशावादी रहेको बताएका छन् । प्रत्यक वर्ष दशैं र तिहारको बीच समयमा अधिवेशन गर्दै आएको यस संस्थाले यसपटक भने कोभिडको कारणले झण्डै एक महिना पछि सरेको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति डाक्टर गणेशमान गुरुङले संस्थाले गरेका कामहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । स्वास्थ्यमा समस्या परेका हरुको निम्ति आर्थिक सहयोग, कोभिडको समयमा स्वास्थ्य सामाग्री वितरण लगाएतका कामहरुमा ५० लाख भन्दा बढिको आर्थिक सहयोग गरेको यस संस्थाले जनाएको छ ।

जिल्ला प्रशाशन कार्यालय स्याङ्जाका प्रमुख, स्याङ्जा प्रहरि प्रमुख, राजनैतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, चर्चित कलाकारहरु, पत्रकारहरु, संस्थाका संरक्षक तथा सल्लाहकार तथा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अनलाइन मार्फत समेत विभिन्न देशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको उपस्थिति रहेको थियो । कलाकारहरु पुरुषोत्तम न्यौपाने, बुद्धिसागर बस्याल, खुमन अधिकारि, घनश्याम रिजाल, राजेश भण्डारी, प्रकाश पराजुलीको सांगीतिक प्रस्तुतिले कार्यक्रम रोमाञ्चक बनेको थियो। दोहोरि च्याम्पियन बिजेता प्रकाश पराजुली र लोकदोहोरि क्षेत्रमा पीएचडि गर्नुभएका तुलसी प्रभासलाइ सम्मान गरिएको उक्त कार्यक्रममा कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले मानव जातिले गर्नुपर्ने कामको बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना प्रकट गर्दै निवर्तमान अध्यक्ष जीवन न्यौपानेले २०२१-२०२३ को कार्यकाल उत्कृष्ट हुने कुरामा आफु आशावादी रहेको बताएका छन् । प्रत्यक वर्ष दशैं र तिहारको बीच समयमा अधिवेशन गर्दै आएको यस संस्थाले यसपटक भने कोभिडको कारणले झण्डै एक महिना पछि सरेको थियो । संस्थाका नवनिर्वाचित अध्यक्ष टुकराज अर्यालले १ करोडको अक्षयकोष निर्माण तथा संस्थाको आफ्नै भवन निर्माण प्रमुख प्राथमिकतामा परेको र सामाजिक काममा जिल्लामा उल्लेखनिय उपस्थिति जनाउने बताएका छन् ।

विश्वभरि छरिएर रहेका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधित्व गर्ने यस सामाजिक संस्थामा १७ वटा भन्दा बढि देशमा राष्ट्रिय समन्वय परिषद(एनसिसि) हरु गठन भएका छन् । महासचिव हेमन्त रानाभाटले संचालन गरेको उक्त कार्यक्रममा अधिकांश वक्ताहरुले संस्थाले गरेको सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्दै समृद्ध स्याङ्जा बनाउन विशेष भूमिका खेल्नुपर्ने बताएका थिए ।

श्रोत : आवाज खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...