Advertisement
SKIP THIS

प्रितम गुरुङको पहिलो कोसेली “ङ्यो बालो तले ओ” सार्वजनिक


बोम्जन गुरुङ, सउल कोरिया
०५ डिसेम्बर २०२१

कोरियामा रहेका प्रितम गुरुङले गुरुङ भाषाको गीतसंगीत क्षेत्रमा डेब्यू गर्दै पहिलो सांगीतिक कोसेली स्वरुप ङ्यो बालो तले ओ (हामी एक होऔं) गीत सार्वजनिक गरेका छन् । उदयीमान गायक युबराज गुरुङ र चर्चित गायिका पुनम गुरुङको सुमधुर स्वरले सजिएको यस गीतले परिवार र मातृभूमिबाट टाढा रहेपनि प्रवासमा आफ्नो संस्कार, संस्कृति र भेषभूषा जोगाउँदै, सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्ने र हरेक दुःखमा साथ नछोडी सँगै रहनुपर्ने सुखद सन्देश दिन खोजिएको छ ।

पुरन गुरुङकै शब्द/संगीतमा रहेको यस गीतमा उहाँकै निर्देशन रहेको छ । क्यामेरामा नौ राज गुरुङ र मोहन घले रहेका छन् भने बालकाशी गुरुङको सम्पादन र संगीत संयोजनको जिम्मा जुजु गुरुङले सम्हालेका छन् । मिठो लय/शब्द र सुमधुर संगीत र आवाजले भरिएको यो गीतको म्यूजिक भिडियोमा सुनिल गुरुङ, प्रितम गुरुङ, पुरन गुरुङ, दिब्या गुरुङ, दीपा थापा मगर र निकिता गुरुङको अभिनय देख्न सकिन्छ ।

कृष्ण गुरुङ (ब्रो) को व्यवस्थापनमा छायांकन गरिएको यस गीतको म्यूजिक भिडियोमा तमू धीं दक्षिण कोरियामा आबद्ध कलाकारहरु रहेका छन् । मालाश्री रेकर्डिङ् स्टुडियो काठमाण्डौमा गीतको रेकर्डिङ् गरिएको हो भने पोष्ट प्रोडक्सनको रुपमा मुनाल फिल्म प्रा.लि. पोखरा रहेको छ । यस गीतको म्यूजिक भिडियो २०७८ मंसिर १८ (डिसेम्बर ४) मा सार्वजनिक गर्दै अफिसियल मिडिया STREAM NEPAL यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...