नेपाली जनप्रगतिशील मञ्च द. कोरिया ख्याङसाङनाम्दो क्षेत्रको ऐतिहासिक दोस्रो अधिवेशन सम्पन्न


नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया ख्याङसाङनाम्दो बुसान क्षेत्रको दोस्रो ऐतिहासिक अधिवेशन मिति २०२१ डिसेम्बर ५ तारिख आईतबारका दिन ख्याङसाङनाम्दो क्षेत्रको किम्हे स्थित जि.एस.के भवनमा सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष क. दिलिप धितालको प्रमुख आतिथ्यता, मञ्चका केन्द्रीय सदस्य तथा ख्यासाङनाम्दो क्षेत्रका ईन्चार्ज क. ईश्वर कठायत, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष सन्जिव कुमार राई, नेपाली जनसम्पर्क समितिका निवर्तमान केन्द्रीय सल्लाहकार श्री संगीत अधिकारीको विशेष आतिथ्यतामा तथा ख्याङसाङनाम्दो क्षेत्रमा रहेका आदिवासी जनजाती महासंघ लगायत जातीय तथा क्षेत्रीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनका कार्यक्रम संयोजक क. सागर पोख्रेलको सभापतिमा सम्पन्न गरिएको थियो भने कार्यक्रम संचालन प्रचारप्रसार विभाग प्रमुख क. राम तामाङले गरेका थिए । सन् २०१५ मा क. ईश्वर न्यौपानेको नेतृत्वमा ख्याङसाङनाम्दो क्षेत्रको पहिलो अधिवेशन सम्पन्न भएको थियो र त्यसपछि दोस्रो अधिवेशन हुने तयारी हुदै गर्दा पार्टी एकता भएपछिको अस्तव्यस्त भएको मञ्चको दोस्रो अधिवेशन केहि ढिलो भएको हो ।

साथै उक्त कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भई सहयोग गरिदिनु हुने सम्पुर्ण जातीय तथा क्षेत्रीय संघ संस्थाका प्रतिनिधि ज्युहरु लगायत बुद्धिजीवि, विद्यार्थी, पत्रकार तथा कोरियाबासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा मञ्चले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

अधिवेशनबाट सर्वसम्मत गठित कार्यसमितिको विवरण :

अध्यक्ष – ओम बहादुर कार्की
उपाध्यक्ष – स्वास्तिक चौलागाईं
उपाध्यक्ष- चन्द्र कुमार गहतराज
सचिव- साकेन्द्र चनारा
कोषाध्यक्ष-मोहन अधिकारी
सहकोषाध्यक्ष-मिनु तामाङ
सदस्य-बिनोद गहतराज
सदस्य-नारायण अधिकारी
सदस्य- काजीकृष्ण बस्नेत
सदस्य- साजन थापा
सदस्य – लुकास राई
सदस्य – निर्मल लामा
सदस्य – धनराज तामाङ्ग
सदस्य – पुर्ण मगर
सदस्य – प्रशन्न रेग्मी
सदस्य – गोकुल पौडेल
सदस्य-डीबी रसाइली

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...