Advertisement
SKIP THIS

कोरियाको किम्हे बुसानमा आउँदो जनवरी २ तारिख तमू ल्होसार मनाईदै


तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाको आयोजनामा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा महान् राष्ट्रिय पर्व तमू ल्होसार मनाउने भएको छ । आउँदो २०२२ जनवरी २ तारिख आइतबारको दिनमा किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टुको हलमा शुभकामना आदानप्रदान, दिवा भोज (स्यों कैं) र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेर उक्त ल्होसार मनाउने भएको हो ।

तमू जातीको परम्परा र मान्यता अनुसार हरेक वर्ष वर्ग (ल्हो) फेरिने र सोही वर्ग चक्र अनुसार नयाँ वर्षको प्रारम्भ हुने भएकोले नयाँ वर्षको स्वागत गर्दै महान् पर्वको रुपमा धूमधामका साथ मनाउँदै आइरहेको प्रचलन अनुसार यस वर्ष बाघ बर्ग (तो ल्हो) लाई स्वागत र गाई वर्ग (ल्वो ल्हो) लाई विदाई गरिनेछ । प्रवासी भूमि दक्षिण कोरियामा हरेक वर्षको पहिलो आइतबारलाई तमू ल्होसार मनाउँदै आएको सन्दर्भ उल्लेख गर्दै मिष्ठान्न भोजनको व्यवस्था सहित सो कार्यक्रम मार्फत आफ्नो जातीय मौलिकपन झल्किने साँस्कृतिक प्रस्तुतिहरु रहने तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाको अध्यक्ष कर्ण गुरुङले बताए ।

नयाँ भेरियन्ट ओमीक्रोन भाईरसको जोखिमबाट बच्न उच्च सतर्कता र स्वास्थ्य मापदण्डको नियमहरु पालना गर्दै यस तमू ल्होसारलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सम्पूर्ण व्यक्तित्वहरु, बुद्विजीवी, शुभचिन्तक, समस्त कोरियावासी दाजुभाई तथा दिदीबहिनीहरुलाई तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :
मिति : २०२२ जनवरी ०२, आइतबार
समय : दिनको ठिक १:०० बजे
स्थान : लुम्बिनी रेष्टुरेण्टु, किम्हे कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...