किरात याक्थुङ चुम्लुङ बुसान कोरियाले चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ५०८१ (उधौली पर्व २०७८) मनाउने भएको छ। चासोक कार्यक्रम डिसेम्बर १९ तारिख आइतबारका दिन लुम्बिनी सभा हलमा हुने आयोजकले जानकारी गराएका छन्।
सदा झै यो वर्षपनी याक्थुङ मौलिक संस्कार, संस्कृती, धर्म ,भेष भुषाको प्रवर्द्धन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष दिपा वरुमहाङले अवगत गराएकी छिन्। उक्त कार्यक्रममा सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।