Advertisement
SKIP THIS

तमू धीं थेगु शाखा कोरियाको दोश्रो अधिवेशनबाट अध्यक्षमा गणेश गुरुङ


तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार संस्थाका अध्यक्ष हर्क गुरुङको सभापतित्व र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

तमू धीं थेगु शाखाको दोश्रो अधिवेशनमा संस्थाका उपाध्यक्ष विनोद गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका सचिव बिल गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मणि गुरुङले आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । सो अधिवेशनमा विशेष अतिथिहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाका अध्यक्ष कर्ण गुरुङ, थेगु शाखाका वरिष्ठ सल्लाहकार तथा केन्द्रीय सल्लाहकार मानसिंह गुरुङ,  शाखाका वरिष्ठ सल्लाहकार गुमान सिंह गुरुङ, सल्लाहकार मदन गुरुङ, केन्द्रीय महासचिव सन्तोष गुरुङ, केन्द्रीय सचिव तुरन गुरुङ लगायत व्यक्तित्वहरुले अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

उदघाटन सत्रपछिको बन्द सत्रमा सोही शाखा संस्थाका वरिष्ठ सल्लाहकार गुमान सिंह  गुरुङ संयोजक रहने गरि सदस्यहरु हर्क गुरुङ, दुर्गा गुरुङ, मानसिंह गुरुङ, विनोद गुरुङ सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । तमू धीं थेगु शाखा दक्षिण कोरियाको विशेष अधिवेशनबाट अध्यक्षमा गणेश गुरुङ, उपाध्यक्ष मणि गुरुङ, उपाध्यक्ष लिला गुरुङ, सचिव मदन गुरुङ, सहसचिव दिनेश गुरुङ, कार्यालय सचिव कृष्ण गुरुङ (माईला), कोषाध्यक्ष मिलन गुरुङ, सहकोषाध्यक्ष शोभा गुरुङ र सदस्यहरुमा सदिक्षा गुरुङ, शिला गुरुङ, मुकेश गुरुङ, ललित गुरुङ, कृष्ण गुरुङ (कान्छा), ईश्वर गुरुङ, श्याम घले गुरुङ, माया गुरुङ, मीरा गुरुङ, ज्योती गुरुङ र लेलन गुरुङ सर्वसम्मत चयन भएका छन् ।

उक्त दोश्रो अधिवेशनबाट शाखा संरक्षकको रुपमा हर्क गुरुङ, वरिष्ठ सल्लाहकारहरु मान सिंह गुरुङ, बाबुराम गुरुङ, बिल गुरुङ रहेका छन् भने सल्लाहकारहरुमा गुमान गुरुङ, पूर्ण गुरुङ, शंकर गुरुङ, विनोद गुरुङ, प्रेमकाजी गुरुङ, हरी गुरुङ र निमेश गुरुङलाई चयन गरिएको छ । युवा संयोजकमा तारा गुरुङ र महिला संयोजकमा पुष्पा गुरुङ चयन गर्दै उक्त अधिवेशनले विभागीय संरचना तयार पारेको हो । अधिवेशनमा कार्यक्रम सञ्चालन संस्थाका सचिव बिल गुरुङले गरेका थिए । तमू धीं थेगु शाखा दक्षिण कोरियाको दोश्रो अधिवेशनलाई सफल बनाउन उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...