नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको पाचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वर कठायत


नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को प्रवास संगठन जनप्रगतिशिल मञ्च कोरियाको पाचौँ  अधिवेशन भर्चुअल माध्यम र सउलस्थित प्रत्यक्ष उपस्थितीमा आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा ईश्वर कठायत सर्बसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुलप्रसाद दंगाल, निर्मला खड्का, खगेन्द्रराज खनाल  निर्वाचित भएका छन् । महासचिवमा प्रवीण गिरि, सचिवमा अभिषेक सापकोटा, हिमाल खनाल, रामबहादुर तामाङ,  रुद्र थापा, सुविन्द्र मगर कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सहकोषाध्यक्षमा एस.पी. अधिकारी निर्वाचित भएका छन् ।

साथै सदस्यहरुमा के.बी. चाम्लिङ, दिपेन्द्रबहादुर रोकाया, होताराम ओली, शिव आचार्य, हर्क लिम्बू, राम, उपाध्याय, कृष्णप्रसाद न्यौपाने, अर्जुन खत्री, रामसिंह विष्ट, धनजीत वाइबा  चयन भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि माओबादी केन्द्र विदेश विभाग सह-इन्चार्ज लक्षमण पन्त, बिशिस्ट अतिथीमा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा, गैर आवासिय नेपाली राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष वाइ.बि. मगर, डाक्टर प्रदिप अधिकारी, डाक्टर ठाकुर ढकाल र कोरियामा रहेका विभिन्न संघ-संस्थाहरूका प्रतिनिधीहरूको सहभागितामा अधिवेशन सम्पन्न भएको निवर्तमान अध्यक्ष दिलीप धितालले जानकारी दिए ।

त्यसैगरी  क्षेत्रीय अधिवेशनबाट सउलः सउल, खङसाङनाम्दो, किम्हे बुसानः ओम बहादुर कार्की, छनान फेन्थेकः सन्तोष पौडेलको अध्यक्ष रहेको कार्यसमितिहरू गठन भैसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...