कोरियाको खजे दोमा चासोक तङ्नाम मनाईयो
दक्षिण कोरियाको खजे दो मा याक्थुङ सयङको आयोजनामा याक्थुङ लिम्बुहरूको महान चाड चासोक तङनाम डिसेम्बर १८ तारीख शनिबार साँझ मनाईएको छ ।
कोरियाको प्रतिष्ठिट पानीजहाज कम्पनी dsme मा कार्यरत लिम्बुहरूको संस्था याक्थुङ सयङको आयोजनामा चासोक तङनाम मनाइएको हो ।
सो स्थानमा प्रत्येक वर्ष लिम्बुहरूको महान पर्व चासोक तङनाम मनाईंदै आइएको छ। पुर्खाहरूको रीतिथिति बचाउन र मौलिकता कायम राख्न प्रवासमा पनि चासोक तङनाम मनाइएको आयोजक संस्थाका सचिव सविन लिङ्खिमले बताए ।
आफ्नो समुदायको मौलिकता र स्वर्णिम इतिहास कायम राख्न जतै गएपनि मौलिकता भुल्न नहुने भएकोले चासोक तङनाम मनाउने कार्यक्रम तय गरिएको आयोजक संस्थाका कोषाध्यक्ष सनम लिम्बूले जानकारी गराएका छन् ।