स्याङ्जा परिवार द. कोरिया थेगु शाखाको तेश्रो अधिवेशन जनवरी २ मा हुने
“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित दक्षिण कोरियामा रहेको क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको तेश्रो अधिवेशन यही आउँदो जनवरी २ तारिक थेगु नेपाली सेल्टरमा हुने भएको छ ।
दोश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।
स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरु आबद्ध रहेको सन् १९९७ मा स्थापित स्याङ्जा परिवारको दोश्रो शाखाको रुपमा विस्तार भएको थेगु शाखा सन् २०१७ मा स्थापित संस्था हो । विभिन्न सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय यस शाखा संस्थाले विगत केही समयदेखि थेगुमा सेल्टर पनि सञ्चालन आइरहेको छ ।
जूम भर्चुअलबाट हुने यस अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२२ जनवरी ०२, आइतबार
समय : बिहान ठिक ११:०० बजे
स्थान : थेगु नेपाली सेल्टर, थेगु कोरिया