Advertisement
SKIP THIS

स्याङ्जा परिवार थेगु शाखाको तेश्रो अधिवेशनबाट मित्र मगर नेतृत्वको कार्यसमिति चयन


कोरियामा रहेको क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । थेगु नेपाली सेल्टरमा उक्त शाखाको अध्यक्ष विष्णु वाग्लेको सभापतित्व सोही संस्थाको केन्द्रीय अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष मित्र मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष शरण न्यौपानेले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष मिलन रानाले प्रस्तुत गरेका थिए । केन्द्रीय अध्यक्ष विजय थापाले परदेशी भूमिमा स्याङ्जालीको एकताले हरेक सुख दुःखमा आत्मीय सम्बन्ध कायम गर्दै विभिन्न सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय यस शाखा संस्थाले विगत केही समयदेखि थेगुमा सेल्टर पनि सञ्चालन गरिरहेको प्रसंग उल्लेख गर्दै खुशी व्यक्त गरे ।

“स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २०१७ मा स्थापित स्याङ्जा परिवार थेगु शाखाको तेश्रो अधिवेशनमा विशेष अतिथिहरुमा संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष युवराज गुरुङ, सोही शाखा संस्थाका प्रमुख सल्लाहकार रमेश मश्राङ्गी मगर रहेका थिए भने अन्य अतिथिहरुमा बुसान किम्हेका अध्यक्ष कमल अर्याल, केन्द्रीय उपाध्यक्ष भक्त थापा, केन्द्रीय सचिव माधव अर्याल, निवर्तमान थेगु शाखाका अध्यक्ष वीरेन्द्र नौभाग्य, केन्द्रीय सदस्यहरु टोजिन्द्र गुरुङ, कृष्ण गुरुङ र सीतल मोची साथै किम्हे बुसानको उपाध्यक्ष रमेश लामिछाने लगायत संस्था सम्बद्ध व्यक्तित्वहरुले अधिवेशनमा उपस्थिति जनाएका थिए ।

बन्द सत्रमा निर्वाचन संयोजक रमेश मश्राङ्गी मगर संयोजकत्व रहने गरि विजय थापा, युवराज गुरुङ, विष्णु वाग्ले, कमल अर्याल र माधव अर्याल सहितको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । स्याङ्जा परिवार थेगु शाखाको तेश्रो अधिवेशनबाट अध्यक्षमा मित्र मगर, वरिष्ठ उपाध्यक्ष मिलन राना, उपाध्यक्ष अनिता राई नौभाग्य, उपाध्यक्ष शरण न्यौपाने, उपाध्यक्ष डिलेन्द्र मगर, उपाध्यक्ष प्रदिप रेग्मी, सचिव अमृत अधिकारी, सहसचिव निशान रेग्मी, कोषाध्यक्ष गोबिन्द गुरुङ, सहकोषाध्यक्ष लिलेन गुरुङ, सदस्यहरुमा रूद्र प्रताप मल्ल, एकता थापा, दिपेन्द्र गुरुङ, निर्मल बिरकट्टा मगर, राज काफ्ले, मिन्जु खड्का, श्री मगर, भानुभक्त रिजाल, टंक खरेल, प्रेम गुरुङ र सानु गुरुङ सर्वसम्मत चयन भएका छन् ।

उक्त अवसरमा थेगु नेपाली सेल्टरलाई संस्थाको तर्फबाट दुई लाख वन पनि आर्थिक सहयोग गरिएको थियो । जूम भर्चुअलमा विष्णु वाग्लेको विशेष प्राविधिक सहजीकरणसँगै उद्घाटन सत्रमा संस्थाका सचिव शरण न्यौपाने र बन्द सत्रमा निर्वाचन संयोजक रमेश मश्राङ्गी मगरले कार्यक्रम सञ्चालन गरेका थिए । स्याङ्जा परिवार थेगु शाखाको ऐतिहासिक अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनु हुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...