Advertisement
SKIP THIS

अनेसास कोरिया च्याप्टरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान र रचना वाचन कार्यक्रम सम्पन्न


अनेसास कोरिया च्याप्टरको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना आदानप्रदानसहित रचनावाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रम जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

कार्यक्रममा कविता, गजल र मुक्तक गरी तीनै विधाका अतिथि स्रष्टाहरूले आफ्ना सुन्दर रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा स्रष्टाहरू क्रमश: विजयता भण्डारी, रोशन तिमिल्सिना, टि पि खनाल, भावना लामिछाने, कल्पना भुषाल कल्पित, विक्रम ढकाल अनुराग, राम सुवेदी रुसन, सरस्वती तिवारी, अमृता पोख्रेल लगायतले देशप्रेम , प्रवास-पीडा , अस्थिरता , जीवन-दर्शन, मायाप्रेम आदि भावले ओतप्रोत रचनाहरू वाचन गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।

कोरिया च्याप्टर वरिष्ठ उपाध्यक्ष डि आर न्यौपाने सुर्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसासका पुर्व अध्यक्ष पदम विश्वकर्माज्यूको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि विश्वकर्माले स्रष्टाहरूको रचना र वाचनको प्रशम्सा गर्दै आयोजक च्याप्टरको भाषा- साहित्यप्रतिको योगदान स्मरण गरेका थिए । कोरिया च्याप्टरका उपाध्यक्ष आर एन अधिकारीले स्वागत मन्त्वय राख्दै कार्यक्रमको औचित्यको बारेमा जानकारीको दिएका थिए । आयोजक च्याप्टरले स्रष्टाहरूलाई साधनाको कदर स्वरूप सम्मान -पत्र वितरण गरिएको थियो । कार्यक्रम सँस्थाका महासचिव ह्यारी बोण्डले सन्चालन गरेका थिए ।

नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान , भानु जयन्ती, लक्ष्मी जयन्ती , मोती जयन्तीलगायत विभिन्न अवसरमा साहित्यिक कार्यक्रमका साथै कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य- सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...