Advertisement
SKIP THIS

सउल नेपाल गुम्बाले पाचौं वार्षिकोत्सब मनायो


थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बाले आफ्नो पाचौं वार्षिकोत्वस विशेष धार्मिक पूजापाठ गरि ९ तारिख आईतबार मनाएको छ ।

यो गुम्बा सन् २०१९ को अप्रिल १५ तारिख बैधानिक रूपमा कोरियामा दर्ता भएको पहिलो नेपाली धार्मिक संस्था हो । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै आर्य ताराको पूजा गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले बताउनुभयो ।

सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्त दिनको अवसर पारेर गुम्बाले प्रत्येक वर्ष विविध साँस्कृतिक कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सब मनाउथ्यो ।

पछिल्लो समयमा दक्षिण कोरियामा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिनथाले यता बाक्लो संख्यामा सहभागी रहने कार्यक्रम गर्न कोरियन सरकारको कडा प्रतिबन्धले सामान्य पूजापाठ गरेर मनाएको समेत गुम्बाका प्रमुख लामाले बताउनुभयो ।

साथै गुम्बाले पूजामार्फत कोरियाली तथा नेपाली विभिन्न संघ संस्था, प्रतिनिधि, नेपाली व्यापारी,  बिध्यार्थी, दाजू–भाई तथा दिदीबहिनीहरूमा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...