तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसार भब्यताका साथ सम्पन्न


कोरियाको दक्षिणी भेग किम्हेमा अवस्थित लुम्बिनी रेष्टुरेण्टुमा तमू (गुरुङ) समुदायले यस वर्षको तमू ल्होसार मनाएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्धारा आयोजित गत आइतबार सम्पन्न सो कार्यक्रममा शुभकामना आदानप्रदान, दिवा भोज (स्यों कैं) र विविध साँस्कृतिक कार्यक्रम सहित उक्त ल्होसार मनाईएको हो ।

तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाका अध्यक्ष कर्ण गुरुङको सभापतित्व र आदिवासी जनजाति महासंघ बुसान कमिटिकी अध्यक्ष परी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथिको रुपमा तमू धीं ख्यङ्साङ्नाम्दो शाखाका संरक्षक गोपाल गुरुङ, एनआरएनए कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जीव राई, गजे तमू समाजका अध्यक्ष प्रितम गुरुङ, एनआरएनए कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी, न्यू भिजन ग्रुपका संयोजक दीपेन्द्र अधिकारी, नेपाल मगर संघ किम्हे शाखाका अध्यक्ष धन सलामी मगर, तामाङ घेदुङ समाज किम्हेका अध्यक्ष धनराज तामाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष दिवा लिम्बु, एनआरएनए ख्यङ्साङ्नाम्दो कमिटिका कार्यवाहक अध्यक्ष सानुराज मगर र अतिथिहरुमा स्याङ्जा परिवार किम्हे बुसान शाखाका अध्यक्ष कमल अर्याल, अध्यगमन केन्द्र ख्यङ्नामकी प्रतिनिधि योगिता गौतम, किम्हे सपोर्ट सेन्टरका परामर्शदाता निमा शेर्पा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं अध्यक्षहरु उपस्थित रहेका थिए ।

तमू जातीको मान्यता अनुसार हरेक वर्ष वर्ग अर्थात ल्हो फेरिने र सोही वर्ग चक्र अनुसार नयाँ वर्षको प्रारम्भ हुने गर्दछ । तमू जातीको प्रचलन अनुसार यस वर्ष बाघ बर्ग (तो ल्हो) लाई स्वागत र गाई वर्ग (ल्वो ल्हो) लाई विदाई गरिएको हो । दक्षिण कोरियामा बर्सेनी आफ्नो जातीय मौलिकपनलाई जोड दिदै कोरोना संक्रमण जोखिममा संयमता अपनाउँदै यो वर्ष पनि विविध मनोरञ्जनात्मक कार्यक्रम सहित ल्होसार मनाईएको अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।

तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा राष्ट्रिय पर्व तमू ल्होसारलाई सभ्य र भब्य रुपमा सफल बनाउन उपस्थित आमन्त्रित अतिथि, संस्था सम्बद्ध सम्पूर्ण व्यक्तित्वहरु, शुभचिन्तक, तमू तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...