सिन्धुपाल्चोकमा सामूहिक बृहत तमू तो ल्होसार भव्य रुपमा मनाईयो


मनु कोन्मे गुरुङ, पोखरा

सिन्धुपाल्चोक जिल्लाका ४२ गाउँका तमूहरुले (गुरुङ) सामुहिक तमु तो ल्होसार बाह्रबिसे नगरपालिका वडा नं.२ काभ्रे गुरुङ टोलमा भव्यरुपमा मनाएका छ्न् । सिन्धुपाल्चोक जिल्लाका ४२ (बयालिस) गाउँका तमूहरु (गुरुङ) मिलि गत वर्ष देखी तमू ल्होसार कार्यक्रम पालै पालो छुट्टै छुट्टै स्थानमा मनाउने निर्णयका साथ यो बर्ष तमु तो ल्होसार कार्यक्रम बाह्रबिसे नगरपालिका वडा नं. २ को काभ्रे गुरुङ टोलमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष धन बहादुर गुरुङ (डिबि) को संयोजकत्वमा मनाएको हो ।

कार्यक्रम बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पाको प्रमुख आतिथ्यमा र तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष रबि गुरुङको अध्यक्षतामा र वडा नं.२ का वडाध्यक्ष बम बहादुर तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम अतिथिको असनग्रहण बाट शुरूवात भएको थियो । कार्यक्रममा समाजका शिव बहादुर गुरुङ लाई सम्मान गरेको थियो । प्रमुख अतिथि बाह्रबिसे नगरपालिका प्रमुख निमोफुन्जु शेर्पा र बिशेष अतिथि र अतिथिहरुले दिप प्रज्ज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन संगै बौद्ध गुरुहरुले प्रवचन दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोक जिल्लाका वरिष्ठ उपाध्यक्ष एवं बृहत् तमु तो ल्होसार कार्यक्रमका संयोजक धन बहादुर गुरुङले राखेका थिए भने स्थानीय कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेको थिए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पा,तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका सचिव पान बहादुर गुरुङ र सिन्धुपाल्चोक बाह्र्बिसे नगरपालिका वडा नं.२ का वडाध्यक्ष बम बहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथि कलाकार गायक पृथ्वी गुरुङ ,आइतराम गुरुङ, गायक सबिन गुरुङ,गायिका सपना गुरुङ र गायक सरोज लामिछानेले आ-आफ्नो प्रस्तुति दिएर कार्यक्रममा उपस्थित दर्शकहरू लाई नचाएका थिए । त्यसैगरी राष्ट्रिय कलाकार जादुगर शेर बहादुर गुरुङले उपस्थित सबैलाई नचाउनुको साथै जादु देखाएर उपस्थित सबै लाई चकित पारेका थिए भने घाटु नृत्य,मन्जु श्री नृत्य,अतिथि कलाकारहरु र स्थानीय कलाकारहरुको बिजोड प्रस्तुतिका साथ दर्शकहरु लाई अझ मनोरञ्जन दिएका थिए ।

चलचित्रका निर्माता एवं नायक तथा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका सदस्य भिजन गुरुङले अतिथि कलाकार तथा स्थानीय कलाकारहरुको संयोजकत्व गरेका थिए भने काठमाण्डौ बाट अतिथि पाहुनाहरु सहित ठूलो संख्यामा तमु तो ल्होसार मनाउन सिन्धुपाल्चोकको बाह्रबिसे – २ काभ्रे गुरुङ टोल पुगेका थिए । उक्त सामुहिक बृहत तमु तो ल्होसार कार्यक्रम समापन कार्यक्रमका अध्यक्ष तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष रबि गुरुङले ल्होसारको शुभकामना दिंदै उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...