नेपाल मगर संघको माघे सकराटी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नेपाल मगर संघ दक्षिण कोरियाले मगरहरुको महत्वपूर्ण चाड मघे सकराटीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर र विशेष वक्ताको रुपमा प्रोफेसर डाक्टर केसर व बरालको रहेको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए ।
नेपालको ठूलो क्षेत्रमा बसोबास रहेको मगर जातिको मुख्य चाडहरु मध्ये माघे सकराटी रहेको डाक्टर बरालले आफ्नो मन्तब्यमा प्रस्तुत गरेका थिए । उनी मगर संस्कृति र संस्कारको विज्ञ हुन् । उनले मगरको संस्कृति र संस्कारका विभिन्न पक्षमा आफ्नो भनाई राखेका थिए । पूर्व र पश्चिमका मगरहरु बिचका संस्कृति समनता, भाषिक समनताका कुरा पनि उनले उल्लेख गरेका थिए ।
दुई घन्टा चलेको शुभकामना आदानप्रदान कार्यक्रममा मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले सबै सहभागीलाई धन्यबाद ज्ञापन गर्दै कोभिडको महामारीका कारण जुम मार्फत कार्यक्रम भएको र आगामी दिनमा सबै जना भेटेर शुभकामना दिने अबसर आउने विस्वास पनि ब्यक्त गरे ।