यही जनवरी ३० मा स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभा हुने
सन् १९९७ मा स्थापना भएको स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर यही जनवरी ३० तारिक आइतबार २४औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको एघारौं कार्यसमितिको वितेको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाको बिषयमा छलफल गर्ने उद्धेश्यले भर्चुअल जूम मार्फत उक्त साधारण सभा हुने भएको हो ।
विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै साढे दुई दशक लामो इतिहास बोकेको संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरु गर्दै आईरहेको संस्थाद्धारा करिव आठ वर्षदेखि सउल दोङ्देमुन स्थित स्याङ्जा घर (शेल्टर) पनि सञ्चालित छ । संस्थाले आफ्नो गृह जिल्ला स्याङ्जामा दुई वटा एम्बुलेन्स भ्यान सहयोग गरिसकेको र नेपालका अन्य ठाउँमा पनि विभिन्न सहयोगहरु प्रदान गर्दै आइरहेको छ ।
यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, संस्थाका समस्त शुभचिन्तक, स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरुलाई भर्चुअल जूममा उपस्थितिको लागी स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०२२ जनवरी ३० तारिक आइतबार
समय : दिनको १२:०० बजे (कोरिया)
बिहानको ०८:४५ बजे (नेपाल)
स्थान : जूम भर्चुअल
(आईडी 6142671397, पासकोड 12345)
सम्पर्कका लागि,
विजय थापा : 010-3785-5450
विपना गुरुङ : 010-4698-4135
माधव अर्याल : 010-6260-5197