दोलखाली समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा निर्मल कार्की
दोलखाली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन सोमबार सम्पन्न भएको छ । सलनालको बिदामा भएको अधिवेशनबाट अध्यÞक्षमा निर्मल कार्की निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाख्रीन, उपाध्यक्षहरुमा जयन्ती शर्मा, श्रीकृष्ण बुढाथोकी र कमल बस्नेत रहेका छन् ।
त्यस्तै महासचिव दशरथ गिरी, सचिवमा भिमसेन थापा र सन्तोष कार्की, कोषाध्यक्ष कुन्जन थापा तथा सह–कोषाध्यक्षमा रामकुमार खड्का चुनिएका छन् । कार्यसमितिको सदस्यहरुमा केशव तामाङ, नारायण शिवाकोटी र सन्तोष ठकुरी छन् । कार्यसमितिले सिताराम कार्कीलाई समाजको प्रवक्ताको रुपमा चयन गरेको छ ।