Advertisement
SKIP THIS

NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA)ले विदेशमा रहेका श्रमिकहरुलाई नेपाल सरकारको सामाजिक सुरक्षा कोष कार्यक्रममा सहभागी गराउन आवश्यक पर्ने नीति, नियम निर्माण र कार्यान्वयनका लागि नेपाली राजदूतावास सौल मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षणका लागि मंगलबार अर्थात् सन् २०२१-१२-२१ तारिकका ध्यानाकर्षण पत्र बुझाएको छ । दक्षिण कोरिया र नेपाल बीच नियमितरुपमा सहज र शुलभ हवाई उडानका लागि वैकल्पिक माध्ययमहरुको खोजि गर्न आवश्यक प्रक्रियासहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइदिन महामहिम राजदुतज्युलाई निवेदन गरिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) का प्रबक्ता सन्तोष खड्काले बताए ।

अहिले दक्षिण कोरियाबाट नेपालको लागि नियमित उडान नहुँदा यात्रुहरू चर्को भाडा तिर्न बाध्य भई रहेको सन्दर्भमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण लागि तयार पारिएको ध्यानाकर्षण पत्र NRNA KOREAका प्रबक्ता सन्तोष खड्काले बाचन गरिसके पछि NRNA KOREA का अध्यक्ष श्री दिपक पुनले महामहिम कार्यबाहक राजदुत श्री राम सिंह थापालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा राजदुतावासका तर्फबाटबाट श्रम सहचारी श्रीमती रमा भट्टराई र द्वितीय सचिव सुर्य बहादुर थापाको पनि उपस्थित रहेको थियो भने NRNA KOREA का तर्फबाट महासचिव रोशन भट्टराई, निवर्तमान अध्यक्ष एवं वर्तमान व्यस्थापन संयोजक यज्ञ प्रसाद सुबेदी, सदस्य हर्कमान गुरुङ र कार्यलय सचीव हिसप श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बिदेशमा रहेका लाखौ नेपाली श्रमिकहरुलाई यस सामाजिक सुरक्षा कोष कार्यक्रमबाट प्रत्यक्ष लाभ उपलब्ध गराउन नेपाल सरकारले विस्तृत अध्ययन गरि प्रभावकारी नीति, नियम र ऎन निर्माण गर्नु पर्ने हुदा यस कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनका लागि विदेशमा रहेका जिम्मेवार संघ संस्थाहरुको सल्लाह र सुझाव महत्त्वपूर्ण रहने कार्यबाहक राजदुत रामसिंह थापाले बताए ।

त्यस्तै दक्षिण कोरियासंग द्विपक्षीय सम्झौता हुन सकेमा नेपाली नागरिक र नेपाल सरकारलाई पुग्ने फाईदा बेफाईदा बारेमा गहन अध्ययन गरि थप दस्तावेजहरु संकलन गरि नेपाल सरकारलाई उपलब्ध गराउन NRNA कोरिया लागि परेको बताउदैँ जस्तो सुकै परिस्थितिमा पनि यो अभियान सफल नबनाउनुको बिकल्प नरहेको बताउँदै यो बिषयलाई गम्भीरताका साथ लिइदिनका लागि अध्यक्ष दिपक पुनले अनुरोध समेत गरे साथै नियमित उडान नहुँदा यात्रुहरू चर्को भाडा तिर्न बाध्य भएकाले नियमित उडान सुचारु गराउनको लागि पनि नेपाली राजदूतावासले पहल कदमी लिइदिनका लागि अनुरोध गर्दै यसमा गैरआवासीय नेपाली संघ दक्षिण कोरिया अत्यन्त गम्भीर रहेको समेत बताए ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव रोशन भट्टराईले NRNA कोरिया सबै नेपालीहरुको साझा संस्था भएकोले आफुहरू कोरिया र बिश्व भरि छरिएर रहेका नेपालीहरुको सहयोगी भएको बताउँदै नेपाली राजदूतावासले सामाजिक सुरक्षा कोष र नियमित उडानको लागि गम्भिर भएर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइदिनका लागि अनुरोध समेत गरे। NRNA को अन्तराष्ट्रिय संजाललाई प्रयोग गरि अन्य मुलुकहरुमा पनि सम्बन्धित देशको सामाजिक सुरक्षा सम्बन्धि नीति नियमहरुको अध्ययन गरि नेपाल सरकारलाई वृहत सुझाव र सल्लाहहरु उपलब्ध गर्न सकिने व्यस्थापन संयोजक यज्ञ राज सुवेदीले बताए ।

कोभिड -१९ का कारणले रोकिएको नेपाल कोरिया बीचको नियमित हवाई उडान अहिले सम्म संचालन हुन नसक्दा कोरिया देखि नेपाल जाने र नेपाल देखि कोरिया आउने यात्रुहरु सहज र सुलभ यात्रा गर्नबाट बन्चित रहेका छन्। अन्य मुलुकहरुसंग सहज बनि सकेको हवाई यात्रा नेपाल र कोरिया बीचमात्रै सहज संचालन हुन नसक्दा नेपाली यात्रुहरु चर्को मूल्य तिरेर यात्रा गर्न बाध्य छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...