अलबिदा जयनन्द लामाः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
चर्चित लोक गायक तथा वरिष्ट कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यदेवी भण्डरी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले लामाको दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
उनी लामो समयदेखि भक्तपुर मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा बस्दै आएका थिए । कारबाट बाहिर निस्कने क्रममा हृदयघात भएर वा घाइते भएका लामाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सन् १९७४ मा चलचित्र मानको ब्याण्डबाट अभिनयमा डेब्यु गरेका लोकगायिका लामाले लोकगीतको सङ्कलन, गायन, रचना र निर्देशन गर्दै आएका छन् । उनले सयभन्दा बढी चलचित्र र दर्जनौं टिभी चलचित्र र म्युजिक भिडियोहरूमा समेत अभिनय गरेका छन् । उनको जन्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ धारापामा भएको थियो ।
लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।
एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । उनको ठट्यौली र मिजासिलो स्वाभावले नै सबैको प्रिय थिए । सदा रहने छ ।
अलविदा ।