Advertisement
SKIP THIS

कथाकार दिलिप वान्तवा राईको पुस्तक ‘ताल्चा’को विमोचन


दक्षिण कोरियाको व्यस्त दैनिकीमा पनि श्रृजनात्मक कार्य गर्ने युवाहरुको कमि छैन । चित्रकला, साहित्य र गायन क्षेत्रमा यहाँका युवाहरुले राम्रै गरि रहेका छन् । भोजपुरका कवि तथा कथाकार दिलिप वान्तावा राईले पनि आफ्नो व्यस्त दैनिकीबाट केही समय निकाल्दै कथाहरु लेखेका छन् । उनको कथासंग्रह ताल्चा आइतबार विमोचन भएको छ । पुस्तक विमोचन आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया शाखाले भर्चुअल माध्यमबाट गरेको हो । कार्यक्रमलाई साहित्यकारहरु उपेन्द्र सुब्बा, बिना थिङ तामाङ र जनक कार्कीले सम्बाेधन गरेका थिए ।

विभिन्न क्षेत्रलाई समेटेर लेखिएको १० कथा कृतिमा समावेश छ । सशस्त्र द्वन्दकालीन समयको भोगाई र कोरियाली जीवनशैली पुस्तकका कथाहरुमा पढ्न सकिन्छ । विमोचन कार्यक्रममा बोल्दै कवि उपेन्द्र सुब्बाले सबै कथा राम्रो रहेको बताए । ‘कथा राम्रो छ । पात्रहरु लेख्दा एउटै जस्तो भएको देखिन्छ । केही वरपरको पात्र पनि राख्न सकेको भए झन राम्रो हुन्थ्यो ।’ उनले भने ।

कथाकार बिना थिङले तीन पुस्ता देखि भोग्दै आएको शोषणका कुरा कथामा मार्मिक ढंगले लेखिएकाे आफूलाई खुबै मन परेको बताईन । ‘हाम्रो नुवाकोट तिरकाे जस्तै शाेषण पुर्ब तिर पनि रहेछ । कथामा त्यसरी जनजीवनको कुरा आउँदा राम्रो लाग्याे ।’
पुस्तकको समाबेश भएका कथाका बारेमा जनक कार्कीले बाेलेका थिए । उनले ताल्चा कृति केही कमीकजोरी भए पनि कथा राम्रो रहेको बताएका थिए । राम्रै मात्र भन्याे भने त पैसा दिएकाे बाेल्न ल्याएकाे मान्छे भन्छन् । याे पुस्तकमा पनि केही कमजारी छन् । उनले ठट्याेली पारामा भने । पुस्तकमा भएका कतिपय वाक्य संरचनामा ध्यान दिनु पर्ने बताए ।

कथाकार बान्तवाले आफू अन्तरमूखी स्वभावको भएकोले लेखन आफ्नो मनका कुरा अभिब्यक्त गर्ने माध्यमका रुपमा रहेको बताए । उनले धेरै कथा जीवनभोगाईबाट आएको बताए ।

कार्यक्रमा सभापति समेत रहेका आदिवासी जनजाती साहित्यकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष पराजित पोमुले ‘ताल्चा’ कथासङ्ग्रहका कथाकार दिलिप बान्तवालाई बधाई दिए । विदेशमा बसेर काम सँगै साहित्य क्षेत्रमा लाग्नु गाह्रो भए पनि अति नै राम्रो कार्य रहेको बताए । झन्डै दुई घन्टा चलेको कार्यक्रमलाई कवि उत्तम खजुमले सञ्चालन थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...