कोरियामा  मार्च १ तारिखको एतिहासिक महत्व


मञ्जु गुरुइ०

दक्षिण कोरियामा मार्च १ तारिख  सार्वजनिक विदा दिइन्छ । तर धेरै विदेशीहरुलाई थाहा छैन यो दिन किन विदा दिइन्छ । कोरियनहरुले यो दिनलाई पनि स्वातन्त्र दिवसको रुपमा मान्ने गर्छन ।  तर अगष्ठ १५ तारिख जापानबाट मुक्ती भएको दिनलाई पनि स्वातन्त्र दिवसकै रुपमा मान्ने भएकाले धेरैजना स्पष्ट छैनन् ।  त्यसैले  यो  दिवसको ऐतिहासीक महत्वलाई प्रष्टाउने प्रयास गरेको छु ।

यो दिनलाई कोरियन भाषामा सामइल छल भन्ने गरिन्छ । अर्थात साम भनेको ३ र इल भनेको १ छल भनेको दिवस भन्ने बुझिन्छ । मार्चको पहिलो दिन वा ३ महिनाको १ तारिख लाई छोटोमा सामइल भन्ने गरेका छन् ।

स्वतन्त्र आन्दोलनको दिवसको रुपमा यो दिनलाई मान्ने गरिन्छ । अथवा जापानको उपनिबेसबाट मुक्ति पाउनको लागि स्वतन्त्र आन्दोलनको शुरुवाती दिन मानिन्छ । कोरियाको गणतन्त्र, स्वतन्त्रता, सामनता र न्ययाको जन्मदिनको रुपमा यो दिवस मनाउने गरिन्छ । कोरियालीहरु यो दिनलाई महिला र पुरुषको रगतद्धारा निर्धारित पवित्र दिनको रुपमा पुज्ने गर्छन् ।

सन १९१९ मार्च १ तारिख त्यो दिन थियो । जनवरी २२ मा निधन भएको सम्राट खोजोङको अन्त्येष्टि मार्च ३, तारीख गरिने भएको थियो । सोही दिन विरोध प्रर्दशन गर्ने भनिएको थियो । राजा खोजोङको मृत्यु जापानीहरूको विष सेवनका कारण भएको हल्ला फैलिएपछि कोरियाली जनताको आक्रोश चरम सीमामा पुग्यो। फलस्वरूप अन्त्येष्टि गृहमा ठूलो संख्यामा मानिसहरु भेला हुने भएकाले यो दिन ठूलो कार्यक्रम हुने निर्णय भयो । तर सम्राटको अन्त्येष्टिको दिन हड्ताल मच्चाउनु निन्दनीय हो भन्ने धारणा फैलियो । त्यसैले यसलाई मार्च २ मा परिवर्तन गर्ने निर्णय गरियो। यद्यपि, मार्च २, आइतबार भएकोले, ३३ राष्ट्रिय प्रतिनिधिमध्ये १६ क्रिस्चियनहरूले आइतबार इसाई धर्ममा आराम गर्ने दिन भएकाले मार्च १ तारिख तोकिएको थियो । सो बृहत प्रर्दशनीको लागि ३३ राष्ट्रीय प्रतिनिधीहरुको सहभागिता थियो ।

मार्च १ मा, इन्सादोङको तेहवाग्वानमा दिउँसो २ बजे, हान योङ उनले स्वतन्त्रताको घोषणापत्र पढे र ” देहानमिनगुग मान्से ” भन्दै विजयीको नारा जुलुस गरे ।  त्यसपछि जापानी प्रहरीले पक्राउ गरे। ट्यापगोल पार्कमा करिब ५ हजार विद्यार्थी भेला भए पनि ३३ विद्यार्थी नआएपछि जे–योङ जियोङ अष्टभुज मण्डपमा चढे, स्वतन्त्रताको घोषणापत्र पढे र विजयीको नारा लगाए । उनीहरूले स्वतन्त्रताको घोषणा गरेपछि र पार्क छोडेपछि, धेरै मानिसहरूले भाग लिए र डेहानमुनमा मार्च गरे। यसलाई रोक्न जापानी प्रहरीले बन्दुक र चक्कु प्रयोग गर्‍यो र धेरै मानिसहरूलाई गिरफ्तार गरी जेलमा हाल्यो। सोही समयमा जेलमा भएका कोरियन कैदीहरुले पनि कढा पहराको वेवस्ता गर्दै जेल भित्रै देहानमिनगुग मान्से भन्दै नारा गलाएर प्रदर्शन गरेका थिए । जसका बाबजुद उनीहरुले कडा सजायको भागिदार बन्नु परेको थियो । यसरी  सियोलमा सुरु भएको मार्च १ आन्दोलन, देशका सबै भागहरूमा फैलियो ।

मार्च १ आन्दोलनपछिको तीन महिनामा १,५४२ पटक प्रदर्शन गरिएको थियो भने २० लाखभन्दा बढी मानिसहरू सहभागी थिए। त्यतिबेला कोरियाको जनसङ्ख्या २० करोड थियो भन्ने कुरालाई ध्यानमा राखी, कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीले स्वतन्त्रता आन्दोलनमा भाग लिएको उल्लेखनीय रेकर्ड छ ।

यो आन्दोलन शुरु भएको एक महिनापछि चिनको संघाईमा कोरियाली अस्थायी भुमिगत सरकार गठन भएको थियो । सोही सरकारले सन १९२० मा यो दिनलाई स्वातन्त्र दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।  सन १९४६ को २७ औ स्मृती समारोहमा राष्ट्रिय विदाको रुपमा यो दिनलाई तोकियो । २००५ डिसेम्बर २९ मा यो दिनलाई राष्ट्रिय विदाको रुपमा एैनमा परिमार्जन गरि संविधानमै अंकित गरिएयो ।

मार्च १ को आन्दोलनले ३,००० वर्षको सामन्ती शासनको अन्त्य र लोकतान्त्रिक राज्यको स्थापनाको सुरुवात गरेको थियो। मार्च १ आन्दोलन जापानी साम्राज्यवादको दुष्ट औपनिवेशिक शासनलाई उखेल्ने र गणतन्त्र कोरियाको स्थापनाको घोषणा गर्ने आन्दोलन थियो। संविधानमा  यो दिनलाई गणतन्त्र कोरियाको उत्पतीको रुपमा मानिन्छ ।

यो दिवसमा देशको मुक्तिको लागि संघर्ष गरेका नेताहरु र देशभक्तका परिवारको समूह मुक्ति संघका सदस्यहरु छुट्टा छुट्टै पार्कमा  भेला भएर  मनाउने गर्छन् । साथै, यस दिन निजी स्तरमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिन्छ र देश भरका सरकारी कार्यालय र घरपरिवारमा गणतन्त्र कोरियाको राष्ट्रिय झण्डा, फहराइन्छ।

यो विरोध करिब तीन महिनासम्म चलेको थियो । पछि जापानिजले यसलाई कडारुपमा दमन गरेको थियो ।  कोरियामा शुरु भएको यही आन्दोलनको लहर विश्वभरी स्वतन्त्र आन्दोलनको रुपमा फैलिएको मान्यता रहेको छ । यो आन्दोलमा हजारौ कोरियालीहरु सहभागी भएका थिए । एक तथ्यकं अनुसार आन्दोलनमा रहेका ९ सयको मृत्यु भएको थियो भने ४७ हजार हिरातसमा परेका थिए ।

जापानी सरकारको तथ्याङ्कअनुसार त्यस वर्षको मार्चदेखि मे महिनासम्म ४६,९४८ जनालाई गिरफ्तार गरी जेल हालिएको थियो, करिब २०,००० व्यक्तिलाई दोषी वा अभियुक्तको रूपमा जेलमा राखिएको थियो, १५,९०० घाइते भएका थिए र ७,५०० मारिएका थिए। कैयौ गिर्जाघर , विद्यालय र  कोरियाली घरहरू जलाइएको थियो।

मार्च १ को आन्दोलनले स्वतन्त्रता आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो जापानविरोधी आन्दोलनको रूपमा चिनो लगाइयो जसमा बुद्धिजीवी र विद्यार्थी मात्र होइन, मजदुर, किसान, व्यापारीलगायत सबै क्षेत्रका मानिसहरूले पनि व्यापक रूपमा सहभागिता जनाएका थिए।

यसले देशभित्र र बाहिर दुवै देशमा स्वतन्त्रताको लागि राष्ट्रको इच्छा र शक्ति देखाएको मात्र होइन, स्वतन्त्रता आन्दोलनको जनआधारलाई फराकिलो बनाउँदै स्वतन्त्रता आन्दोलनलाई व्यवस्थित, संगठित र पुनरुत्थान गर्ने अवसर पनि बन्यो। सन् १९२० को दशकमा विभिन्न सामाजिक आन्दोलन र संगठनहरूको विकासको आधार बनेको मार्च १ आन्दोलनमा सहभागी भएर जनताले राष्ट्रिय र राजनीतिक चेतना जगाउन सफल भए ।

मार्च १ आन्दोलनले जापानी औपनिवेशिक शासनलाई ठूलो प्रहार गर्‍यो, जुन क्षुद्र शासनबाट सांस्कृतिक शासनमा परिवर्तन भयो र मध्यपूर्वमा राष्ट्रिय आन्दोलनहरूमा ठूलो प्रभाव पारेको थियो। जापानी साम्राज्यवादले मार्च १ को आन्दोलनमा उत्रिएको जनताको प्रतिरोधको इच्छालाई भौतिक उत्पीडनले मात्र रोक्न नसकेपछि कोरियालीहरूमाथि हुने केही भेदभाव र उत्पीडनलाई हटाएर औपचारिक रूपमा सांस्कृतिक शासनमा परिणत भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने
  • तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै
  • शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक
  • गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...