काभ्रेमा अवस्थित किराँत कालीन ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मतका लागि सहयोग अपिल


रोशी गाँउपालिका ६, कालिञ्चोक काभ्रेपलान्चोकमा रहेको किराँत कालीन एतिहासिक ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेको छ । अहिले स्थानीय स्तरबाटै आर्थिक संकलन गरि मर्मत गरिने भएको छ ।

पौराणिक धार्मिक तथा सांस्कृतिक सम्पदाले उक्त स्थान परिवेशको एतिहासिक परिचय बोकेको पाईन्छ । यस किसिमको पूरानो धार्मिक तथा एतिहासिक सम्पदा गाँउ, नगर, स्थानीय निकाय वा राज्य पक्षले संरक्षण गर्नुपर्दछ ।

उक्त छ्योर्तेनमा रहेको बहुमूल्य सम्पत्तीहरू चोरी भएपश्चात धेरै दशक बित्दासमेत भौतिक संरचना संरक्षण, सम्बर्द्भन तथा प्रबर्द्भनमा कसैको चासोको बिषय नबनेकोले उक्त छ्योर्तेनको अवस्था जिर्ण बनेको थियो ।

अहिले उक्त छ्योर्तेन मर्मतका लागि रोशी गाँउपालिका निवासी स्वदेश तथा विदेशमा भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरू एवम् संघ-संस्थाहरूमा सहयोगका लागि अपिल गरिरहेको छ्योर्तेन मर्मत उपभोक्ता समितिका संयोजक मिम बहादुर लामाले जानकारी दिए ।

सहयोगीदाताहरु स्वयमले सहयोग गरेबापत रसिद तथा ‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मत उपभोक्ता समितिको सिद्धार्थ बैंक रोशी शाखामा रहेको खाता नम्बर ०३६१९७१११९० मा समेत जम्मा गर्न सकिने छ्योर्तेन मर्मत उपभोक्ता समितिका सचिव नोक बहादुर लामाले जानकारी दिए ।

साथै सहयोगी चन्ददाता एवम् संघसंस्थाहरुको सहयोग रकमलाई क्रमशः शिलालेखमा उल्लेख गर्नुका साथै मर्मत पश्चात् एक कार्यक्रमका बीच सम्मान समेत गरिने समेत सचिव लामाले बताएको छ ।

 

थप जानकारीको लागिः

‘मङ्ग्यागाङ पेपुङ छ्योर्तेन’ मर्मत उपभोक्ता समिति

रोशी- ६ कालिञ्चोक काभ्रे,

संयोजकः मिम बहादुर लामा

सम्पर्क नं. ९८६३१९४०२२

सचिवः नोक बहादुर लामा

सम्पर्क नं. ९८४९७४९११७

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...