कोरियाली राष्ट्रपतिमा युन सक यल


बुधवार भएको २० औं कोरियाली राष्ट्रपतिय निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । कोरियाली राष्ट्रपतिय चुनावमा झिनो मतान्तरले जितेका उनले सत्ता पक्षिय डेमोक्राटिक पार्टीको उम्मेदवारलाई हराएका हुन् । विहिवार विहान भएको मत गनणाको अन्तिम नतिजामा उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका हुन । उनको निकटतम् प्रतिद्धन्दी सत्ता पक्षीय उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए ।
एशियाको चोथौं ठूलो आर्थिक हैसियत भएको देश पाँच बर्षे कार्यकारी अधिकार पाएका युन हालका राष्ट्रपति मुन जे इनको प्रशासनमा महान्यायाधिवक्ताको रुपमा काम गरेका थिए । उनले तत्कालिन राष्ट्रपति फाक गुन हेलाई आफ्नो पद तथा शक्तिको दुरुपयोग गरेको अभियोगमा झन्डै २२ बर्ष जेल बस्नु पर्ने गरि भएको मुद्दालाई नेतृत्व गरेका थिए । सन् २०२० मा मुन जे इन सरकारले उनलाई पदबाट हटाए पछि आफू महान्यायाधिवक्ता भै रहनु पर्ने भन्दै उदालत मार्फत पदवाहली गरेर एक बर्ष अघिसम्म काम गरे ।
सन् २०२१ म महान्यायाधिवक्ताको पदबाट राजिनामा दिएर उनी राजनीतिमा आएका थिए । छोटो समयमै राष्ट्रपतिको बन्न पुगेका उनी छिमेकी देश उत्तर कोरिया र जापानसँग कडा सम्बन्ध राख्नु पर्ने धारणा राख्छन् । महान्यायाधिवक्ता हुँदा श्रीमतीले विभिन्न ठाउँबाट फाइदा लिएको आरोप पछि विवादमा परेका थिए । आफ्नो बेर्पवहा बोलीका कारण विबादमा आई रहने उनी राष्ट्रपति चुनिए पछि भने संयमित देखिए । विहिवार विहान निर्वाचित भए पछि गरेको सम्बोधनमा उनले आफ्नो मुख्य लक्ष्य देशलाई एक सुत्रमा बाँध्ने रहेको बताए । ‘यो जीत सबै जनताको हो । यो पिपल पावर पार्टीको मात्रै जीत होइन । यो चुनावी अभियानमा मैले धेरै कुरा सिकेको छु । जब म राष्ट्रपतिको अफिसमा हुन्छु म देशको संविधान, संसद र विपक्षी दल डेमोक्रटिक पार्टी सहकार्यबाट कार्यहरु गर्नेछु ।’ उनको यो भनाई चुनावी सभामा बोलेका भनाई भन्दा बढि जिम्मेवार देखिन्छ ।
यस अघि उनले चुनावमा बोलेका धेरै भनाई उत्तेजित पार्ने खालका थिए । उनले एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कोरियामा भएका विदेशीहरु कोरियाली जनताले दुःख गरि बनाएको देशमा सेवा सुविधा लिन आएको भन्ने अभिब्यक्तिका कारण आलोचित बनेका थिए ।
चुनावको अन्तिम समयमा तेस्रो ठूलो दल पिपल पार्टीका राष्ट्रपतिका उम्मेदवार आन छलसूसंग गठबन्धन गरेका थिए । विहिबारै राष्ट्रपतिको पदभार ग्रहण गर्ने ६१ बर्षिय युनको कार्यकाल भने त्यति सजिलो छैन ।
अहिले कोरियाली संसदमा डेमोक्रेटिक पार्टीको बहुमत छ । सन् २०२० मा भएको संसदीय चुनाबमा मुन जेईनको सरकारले कोरोना रोकथाममा राम्रो काम गरेको भनेर जनताले खुबै मन पराएका थिए । त्यसैले तीन सय संख्या रहेको सदनमा डेमोक्राटिक पार्टीले १ सय ७२ सिट ल्याउन सफल भयो । सदनमा पिपल पावर पार्टीको १ सय १२ सिट मात्रै छ । अल्पमतमा रहेको उनको पार्टीका कारण डेमोक्रटिक पार्टीको साथ नलिदासम्म कुनै काम गर्न सक्ने छैनन् ।

यस पटक ७७.१ प्रतिशत मतदान भएको कोरियाली निर्वाचन आयोगले जनाएको छ । चार करेड ४२ लाख मतदाता रहेको कोरियामा ३ करोड ४० लाख जनताले मात्रै मतदान गरेका छन् । यो मतदात सोचे भन्दा कम भएको निर्वाचन आयोगले जनाएको छ ।
विजेता युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् । यो अहिलेसम्म भएको राष्ट्रपतिको निर्वाचनमा सबै भन्दा कम मतान्तर हो । यस अघि सन् १९९७ मा भएको १५ औं राष्ट्रपतिय चुनावमा किम दे जुङले इ हे चुङचलाई ३ लाख ९० हजार ५ सय ५७ मतले पराजित गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...