Advertisement
SKIP THIS

प्रधानमन्त्री देउवाद्वारा तेमाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन


तेमाल गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको शनिवार (चैत्र ५ गते) प्रधानमन्त्री शेर बहादुर देउवाले समुद्धाटन गरेका छन् । समुद्घाटन पश्चातको औपचारिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति समेत रहेका देउवाले तेमाल गाउँपालिकामा धार्मिक र पर्यटकीय सम्भावना भएको भन्दै भकुण्डे–मेच्छे पौवा सडक, सुनकोसी खानेपानी लगायत स्थानीय आयोजनालाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

उनले तेमाल गाउँपलिकाको कार्यसम्पदन उत्कृष्ट रहेको पाएको भन्दै नवनिर्मित प्रशासकीय भवनबाट जनतलाई दिने सेवा प्रभावकारी हुने विश्वास पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामाले तेमाल गाउँपालिका पर्यटकीय तथा धार्मिक क्षेत्र समेत भएकाले यस क्षेत्रको विकासका लागि नेपाल सरकारको सहयोग खाँचो रहेको औँल्याए ।

भुकुण्डेबेशी देखि मेच्छेपौवा सम्मको सडक कालोपत्रेका लागि ४० करोडको बजेट परेको भन्दै थप ६० करोड अवाश्यक रहेको उनको भनाई रहेको थियो । साथै बृहत सुनकोशी खानेपानी सम्पन्न गर्न ५० करोड रकम अझैँ अपुग रहेको प्रधानमन्त्री देउवालाई लामाले जानकारी गराएका थिए ।

पूर्वराज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज सूर्यमान दोङले स्थानीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीच गठबन्धन आवश्यक रहेको बताएका थिए । र यो गठबन्धनलाई आगामी स्थानिय निर्वाचन र संसदीय निर्वाचन सम्म नै निरन्तरता दिन समेत प्रधानमन्त्री लाई आग्रह गरेका थिए ।

तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गाउँपालिकाको समृद्धिका लागि कामको सुरुवात गरेको तर अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै यसका लागि उनले प्रधानमन्त्री सँग नेपाल सरकारको सहयोग आवश्यक रहेको बताए । भकुण्डे–मेच्छेपौवा सडक, बोहोरेदोभान सडक कालोपत्रे गर्न, सरकारी अस्पताल निर्माण गर्न, कृषि तथा बाली विज्ञान पढाइ गर्न, वौद्ध विश्वविद्यालय, भ्यूटावर र तामाङ संग्रहालय निर्माण गर्न प्रधानमन्त्री सँग सहयोगको अपेक्षा गरेको तामाङले बताए । त्यस्तै तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले स्वागत मन्तव्यको क्रममा ४ करोड ६४ लाख आठ हजार ८६३ रुपियाँमा भवन निर्माण सम्पन्न भएको जानकारी दिएका थिए ।

२०७६ साउन ७ मा गाउँपालिकाले प्रशासकीय भवन निर्माणको काम साङदोर्जे निर्माण कम्पनीलाई दिएको थियो । उक्त भवन दुई बर्षको अवधिमा सम्पन्न भएको थियो । उक्त निर्माण कम्पनीकाे प्रोपाइटर छोइसाङ लामालाई प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा सम्मान पत्र प्रधान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...