रुस-युक्रेन युद्ध : युरोपेली नेताले रुसलाई रोक्न ढिला गरेकाे राष्ट्रपति जेलेन्स्कीकाे दुखेसाे
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए ।
जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् ।
सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।’
उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो । हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तर यसमा थोरै ढिलो भयो । पहिला यस्तो गर्ने मौका थियो ।’
यदि प्रतिबन्ध पहिला लगाएको भए सायद युद्ध नै हुने थिएन कि भनेर उनले आशा व्यक्त गरे ।
रुसले आफ्नो देशमा कति विघ्न विध्वंस निम्ताएको छ भनेर पनि बताए । साथै उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशलाई धन्यवाद पनि दिए ।
उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन तिर पनि इशारा गर्दै भने, यदि यसलाई पहिला नै ब्लक गरिएको भए रुसले ग्यासको सङ्कट पैदा गर्ने थिएन ।’
जेलेन्स्कीले त्यसपछि छिमेकी देशसँग युक्रेनलाई युरोपेली सङ्घमा समावेश गर्नका लागि अनुरोध गरे ।
उनले भने, ‘म तपाईँलाई भन्छु – ढिला नगर्नुहोस् ।’