Advertisement
SKIP THIS

एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ


शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । हिजाे राति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । साथै दक्षिण कोरियामा नै रहेर व्यवसायमा संलग्न जुनु गुरुङ सचिवमा निर्वाचित भएकी छन् ।

एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ ।

घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर दक्षिण कोरियामा व्यवसायमा संलग्न छन् । म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भएका उनी करिब ३० वर्षअघि कोरिया पुगेका थिए । उनी हाल कोरियामा व्यवसायमा स्थापित छन् ।

सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए । त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए । २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरे । पछिल्लो समय २०१९–२०२१ को कार्यकालमा भने उनी सोही पदमा पराजित बनेका थिए ।

घले समूहको विश्व सम्मेलनबाट उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश कुमार पुडासैनी, बाबुराम लामा चयन भएका छन् भने महिला उपाध्यक्षमा भूमा लिम्बु चयन भएकी छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ चयन हुँदा सचिवमा जुनु गुरुङ निर्वाचित भएकी छन् । यस्तै कोषाध्यक्षमा डिलाराम खरेल, क्षेत्री संयोजक (युएसए) मा कृष्ण पोखरेल, ओसियानामा केशव कँडेल र युरोप क्षेत्रीय उपसंयोजकमा उल्का प्रसाद घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ । सचिव जुनु गुरुङ एनआरएनए कोरियाको वर्तमान महिला संयाेजक समेत हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...