Advertisement
SKIP THIS

तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै


तमू धीं दक्षिण कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रम गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत यही अप्रिल ९ तारिकबाट पहिलो भागको शुरुवात गर्दै श्रृंखलाबद्ध रुपमा फरक फरक विषयमा विभिन्न अतिथि वक्ताहरुलाई आमन्त्रित गरी जूम भर्चुअल मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

उक्त संवाद श्रृंखलाको पहिलो भाग अन्तर्गत स्वदेश फिर्तीपछिको सम्भावना र चुनौती विषयमा श्रोत व्यक्तिहरु पूर्व योजना आयोग परिषद सदस्य डा. गणेश गुरुङ, मुक्तिनाथ विकास बैंकका सहायक नायव सिईओ तिल बहादुर गुरुङ, नेपाली राजदूतावास सउल कोरियाका श्रम काउन्सिलर रमा भट्टराई, व्यवसायी तथा रिटर्निज विजय गुरुङसँग कार्यक्रम सहजकर्ता मञ्जु गुरुङले सञ्चालन गर्ने भएको छ । वक्ताहरुको प्रस्तुतिपछि सहभागीको जिज्ञासा र प्रश्नमा अन्तरक्रिया पनि गरिने भएकोले कार्यक्रम अझ रोचक र उत्कृष्ट बन्ने आयोजकले दावी गरेको छ ।

यस संवाद कार्यक्रमको उद्धेश्य तमू जातीको भाषा, लिपी, भेषभूषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने, विश्वभरका तमूहरुको एकता अझ मझबुत बनाउने मात्र नभएर देशको सर्वाङ्गगीण विकासमा टेवा पुर्याउने रहेकोले विभिन्न विधा, पेशा र क्षेत्रमा आबद्ध विज्ञ व्यक्तित्वहरुलाई जोड्दै समयको अनुकूलता बमोजिम कार्यक्रमको अवधि श्रृंखलाबद्ध निरन्तर अघि बढाईने कार्यक्रम संयोजक लेसन गुरुङले जानकारी दिए । संस्थाले तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङ संयोजक रहने गरी सन्तोष गुरुङ, मञ्जु गुरुङ, विजय गुरुङ, दर्पण गुरुङ, बोम्जन गुरुङ र प्रितम गुरुङ सहितको सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

संस्था सम्बद्ध व्यक्तित्वहरुसँग आवश्यक छलफल, सुझाव र परामर्श गर्दै कार्यदल उक्त भर्चुअल संवादको तयारी गरेको हो । गौरवशाली इतिहास बोकेको तमू धीं दक्षिण कोरियाद्धारा आयोजित “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रमको प्रत्येक श्रृंखलालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्णमा सहयोगको लागी आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै
  • नेपाल कोरियाको साँस्कृतिक मेलमिलाप दर्शाउने तेक्वान्दो प्रदर्शन
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...