Advertisement
SKIP THIS

कोरियाको थेगुमा खुल्ला भलिबल प्रतियोगिता आउँदो जून १९ मा हुने


कोरियाको दक्षिणी भेग थेगु स्थितको स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले आउँदो जून १९ तारिक दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “स्वस्थ जीवनको लागी खेल” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहरको कुजी खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष मित्र मगरले बताए ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र १० लाख कोरियन वोन प्राप्त गर्नेछन् भने एक उत्कृष्ट खेलाडीले नगद आकर्षक ट्रफी सहित एक लाख कोरियन वोन प्राप्त गर्नेछन् । खेलाडी टीम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको संस्थाका खेल संयोजक डिलेन्द्र मगरले जानकारी दिए । स्याङ्जा परिवार थेगु शाखाले कोरियामा रहेका विभिन्न संघसंस्थाहरु सँग समन्वय र सहकार्य गर्दै संस्थाले थेगुमा सेल्टर पनि सञ्चालन गर्दै आईरहेको सन्दर्भ संस्थाका सचिव अमृत अधिकारीले प्रष्ट पारे ।

विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको र पछिल्लो अवस्थामा वातावरण सहज भएकोले यो सिजनकै पहिलो यस भलिबल प्रतियोगिता अझ उत्साहजनक हुने विश्वास गरिएको छ । स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाद्धारा आयोजित दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको लागी आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...