कोरियामा उपचार्थ एक नेपालीको निधन
दक्षिण कोरियाको थेजन शहर स्थित छुइ०नाम विश्वविद्यालय अस्पतालमा उपचार्थ कमलराज राईको निधन भएको छ । करिब एक महिनादेखि उपचार्थ राईको गत विहीबार मे ५ तारिख विहान ६ ४५ मा निधन भएको सउल दूताबासले जानकारी गराएको छ । उनको मुटुको नलीको क्यानसरका कारण निधन भएको अस्पतालले जनाएको छ ।
उनको शबलाई बुधबार नेपाल पठाउने तारी हुदै छ । सोमबार अस्पतालमा पुग्नुभएका सउल दूताबासका श्रम काउन्सीलर रमा भट्ट्राई र प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले शबलाई अस्पतालबाट सउल पठाएको जानकारी दिनुभयो ।
बंगुर फार्ममा काम गर्नेक्रममा राईको मुटुमा समस्यादेखिए पछि अस्पताल भर्ना भएका थिए । शल्यक्रिया गरी केही ठिकभएको जस्तै भएकाले अप्रिल २७ तारिख नेपाल पठाउने तयारी भइरको थियो । तर विरामीको स्वस्थ्यमा समस्या देखिएपछि फेरी शल्यक्रिया गर्नुपर्ने भनिएको थियो ।
जिल्ला खोटाङ ,खोटेहाङ गाउँ पालिका वार्ड नं ०३ सावाँ कटहरे निवासी ४१ वर्षिय राई इपिएस कामदारकोरुपमा कोरिया प्रवेश गरेका थिए । मृतक राईको लागि खोटाइ० सेवा समाजले आर्थिक सहयोग संकलन गरिरहेका छन् ।