कोरियाको किम्हेमा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने
कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाको आयोजनामा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने भएको छ । आउँदो जून १२ तारिक किम्हे लुम्बिनी रेष्टुरेन्टको एक हलमा सो प्रतियोगिता हुन लागेको हो ।
कोरोना संक्रमणको नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष कमल अर्यालले बताए । आउँदो जून ०१ देखि दर्ता प्रक्रिया शुरु हुने र खेलाडीलाई प्रवेश शुल्क स्वरुप साठी हजार कोरियन वोन निर्धारण गरिएको प्रतियोगिताको संयोजक राजकुमार आले “प्रिन्स”ले जानकारी दिएका छन् । सो शुल्कसँगै एक सेट नेपाली खानाको व्यवस्था गरिएको बताउँदै प्रतियोगिता मार्फत नेपालीहरु विच एकआपसमा भाईचारा, बन्धुत्व, सद्भावमा अभिबृद्धि हुने संस्थाका खेल संयोजक सागर पोखरेलले विश्वास व्यक्त गरे ।
Y
प्रतियोगिताको पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः सात लाख कोरियन वोन र चार लाख कोरियन वोन नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट एक खेलाडीले एक लाख कोरियन वोन सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । नेपाली समुदायविचमा भएको ख्यङ्साङ् क्षेत्रकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको सो पूल प्रतियोगिता सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई अपिल गर्दै उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
विस्तृत जानकारीको लागि :
राजकुमार आले “प्रिन्स” 010-8218-8523
कमल अर्याल 010-5939-8076
आशिष रानाभाट 010-5922-4446