Advertisement
SKIP THIS

कोरियाको किम्हेमा ख्यङ्साङ्नाम्दो कप फुटसल प्रतियोगिता आउँदो जून १९ तारिकमा हुने


कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आउँदो जून १९ तारिक ख्यङ्साङ्नाम्दो फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरोनाको संक्रमणमा नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले किम्हे सहरमा अवस्थित खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष कर्ण गुरुङले बताए ।

प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । दुई सेमिफाईनलिष्ट टिमलाई ३/३ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनेछ भने खेल अवधिभरको उत्कृष्ट खेलाडी र गोलकिपरले नगद १/१ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क ३ लाख कोरियन वोन कायम गरिएको छ भने यही मे २३ देखि जून १२ तारिकसम्म टिम दर्ता गर्न सकिने सोही संस्थाका खेल संयोजक फिलिप गुरुङले जानकारी दिए ।

कोरियामा रहेका तमू समुदायलाई एकताको सुत्रमा बाँध्दै आफ्नो जातीय भाषा, भेषभूषा, कला, संस्कृति र अस्तित्वको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै विभिन्न संघसंस्था र संगठनहरुसँग समन्वय र सहकार्य गर्दै आइरहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आयोजना गरेको ख्यङ्साङ्नाम्दो कप फुटसल प्रतियोगिता २०२२ लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...