विरामी उपचार सहयोगका शेर्पा संघ दक्षिण कोरियाकाे अाग्रह 


दक्षिण कोरियामा अध्ययनका लागि आएकी संखुवासभाकी जाङ्मु शेर्पाको उपचारको लागि शेर्पा संघले उपचार सहयोग गर्न आह्वान गरेको छ । केही समय देखि फोक्सोको समस्याकाे उपचार गराइ रहेकी शेर्पालाई नेपाली १० लाख भन्दा बढि लाग्ने उपचार गराइरहेकाे अस्पतालले जनाएकाे छ ।

‘हामीले परदेशमा दुःखमा रहेको नेपालीलाई सहयोग गर्नुस भनेका हौं । विरामीले घरबाट पैसा ल्याएर उपचार गर्न पनि सक्ने अवस्था छैन । यहाँको अस्पताले १० लाख रुपैया भन्दा बढि लाग्छ भनेको छ रे ।’ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङगेल्जे शेर्पाले भने । ‘सकेको सबैले सहयोग गरे उहाँको उपचार सजिलै हुन सक्छ । एउटा नेपालीको दुःखमा थोरै भए पनि मल्हम लगाउने काम हुन्छ । ‘उनले थपे ।
शेर्पा संघले वरिष्ठ उपाध्यक्ष आङ सोनाम शेर्पालाई आर्थिक संयोजक बनाएर आर्थिक अभियान संचालन गरि रहेको छ । सहयाेग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूले SHERPA SONAM

HANA BANK : 144-910419-43007 मार्फत सहयाेग गर्न सक्नेछन् ।
थप सम्पर्ककाे लागि
इ.कुसाङ शेर्पा : 01026292110
आङ पासाङ शेर्पा : 01077091406
युगेलतेन्डुप शेर्पा : 01085360528
आङ छिरिङ शेर्पा : 01097488525
बिरामी सम्पर्क:
जाङमु शेर्पा: 01051822552 (천파의료재단 수원시)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने
  • तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै
  • शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक
  • गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग
  • ताजा अपडेट

    ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...