कोरियाको थेगुमा गोर्खाली फूटसल टूर्नामेन्ट आउँदो जून ०५ मा हुने
कोरियामा स्थापित गोर्खाली फूटबल क्लबको आयोजनामा आउँदो जून ०५ तारिक गोर्खाली फूटसल टूर्नामेन्ट २०२२ हुने भएको छ । कोरोनाको संक्रमणमा नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले दक्षिणी भेग थेगु सहर नजिकै खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको सो क्लबका प्रतिनिधि खेम थापा मगरले बताए ।
प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने खेल अवधिभरको एक उत्कृष्ट खेलाडी र एक सर्वाधिक गोलकर्ता आकर्षक ट्रफी र प्रमाण पत्रले पुरस्कृत हुनेछन् । टिम दर्ता शुल्क ३ लाख कोरियन वोन कायम गरिएको छ भने यही मे ०१ देखि २८ तारिकसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
गोर्खाली फूटसल टूर्नामेन्ट २०२२ लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि गोर्खाली फूटबल क्लबले अनुरोध गरेको छ ।