कोरियामा कबड्डी ४ प्रदर्शन हुने


पछिल्लो समय धेरै चर्चामा आएको रामबाबु गुरुङ निर्देशित सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियामा छिट्टै प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले अबको केही हप्ता भित्रै उक्त चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटेको हो ।

कोरोना कहरले विगत लामो समयदेखि थलिएको नेपाली चलचित्र उधोग तथा मनोरञ्जनात्मक क्षेत्र पनि प्रभावित भएको सन्दर्भसँगै अहिलेको स्थिति केही सहज भएकोले कोरियामा रहेका नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा जुटेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । कबड्डी ४ निर्माण पक्षसँग प्रदर्शनको लागी आधिकारिक सम्झौता भईसकेको र पहिलो शो सउल क्षेत्रमा गरिने त्यसपछि कोरियाको अन्य सहरमा प्रदर्शन गर्न अनुमति प्रदान गरिनेछ भने प्रदर्शनको लागी स्थान र मिति छिट्टै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएको छ ।

उक्त चलचित्र सउल प्रदर्शन पश्चात आयोजकसँग आवश्यक सम्झौता र प्रक्रिया पूरा गरि अन्य ईच्छुक संस्थाहरुले तमू धीं दक्षिण कोरियालाई सम्पर्क गरी प्रदर्शनमा ल्याउन सक्नेछन् । चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...