फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशनको उपाधीमा संकेत कुमार खातीको कब्जा


कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाद्धारा आयोजित “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन”  टुर्नामेन्टको उपाधी संकेत कुमार खाती (रुपन्देही)ले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी बिमल किसन(म्याग्दी)लाई फाईनलमा ३-२ सेटको अग्रता लिदै पाखा लगाएका खातीले उपाधी हात पार्दै नगद दश लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् ।

उक्त टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल बिमल किसनले पाँच लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र प्रतियोगिताभरी उत्कृष्ट खेलाडी घोषित हुँदै राजीव लामा (काठमाण्डौ)ले प्रमाण पत्र र मेडल सहित एक लाख कोरियन वोन प्राप्त गरे । राजकुमार आले “प्रिन्स”को कार्यक्रम संयोजकत्वमा सञ्चालित सो प्रतियोगितामा जम्मा ५५ जनाले भाग लिएका थिए । किम्हे सहरको लुम्बिनी रेष्टुरेन्टमा भएको सो प्रतियोगितामा टाईसीटको आधारमा चरणबद्ध रुपमा खेल सञ्चालन गरिएको थियो ।

मैत्रीपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो प्रतियोगिताले खेलाडी र दर्शकहरुमा मनोरञ्जन मात्र नभएर एक आपसमा बन्धुत्व र आपसी सम्बन्ध कसिलो बनाएको प्रतियोगिता खेल संयोजक सागर पोखरेलले बताए । कोरोनाको कहरको स्थिति सामान्य बन्दै गएको वर्तमान अवस्थामा नेपाली प्रवासीहरुको मनोस्थिति प्रतियोगिताको माध्यमबाट नेपालीपन र अपनत्वको भावना अझ मझबुत बनाएको संस्थाका अध्यक्ष कमल अर्यालले प्रष्ट पार्दै प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...