Advertisement
SKIP THIS

ए मेरो हजुर ४ कोरियामा प्रदर्शन हुँदै


दक्षिण कोरियामा सुपरहिट नेपाली चलचित्र ए मेरो हजुर ४ प्रर्दशन हुने भएको छ । आउदो जुन २६ तारीक आईतबार उम्सङको मुगुक सहरमा उम्सङ नेपाली समाज र हिमालय फूटबल क्लबको संयुक्त आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो। चलचित्र दिउँसो १२ र ३ बजे गरी २ शो हुने आयोजकले जनाएको छ्।

कोरोना महामारीको कारण लामो समयदेखि कार्यक्रमहरु प्रतिबन्धित छन्। अहिले कोरोना नियन्त्रण सँगै जनजीवन सामान्य बन्दै गएतापनि सौल बुसान जस्ता ठूला शहरमा ५० जना भन्दा धेरै भेला हुन नपाउने नियम अनुसार चलचित्र प्रदर्शन गर्न नसकिएको र विस्तारै विभिन्न शहरहरुमा प्रदर्शन गरिने चलचित्रका सह निर्माता सरोज सुब्बाले जानकारी दिए। यस प्रदर्शनमा भने १०० जना भन्दा बढि भेला हुनेगरी उम्सङ विदेशि सहयोग केन्द्रको समन्वयमा स्थानिय प्रहरी चौकीमा अनुमति लिएको टिमका म्यानेजर सरोज अधिकारीले जानकारी गराएका छन्।

फिटनेस नेपाल, हिमालान एफसि नेपाली एण्ड थाई रेष्टुरेण्ट र सोफिया टिभि कोरिया स्पोन्सर पाट्नर रहेका छन्। उक्त चलचित्र मुगुक स्थित पुरानो बस टर्मिनल छेउमा रहेको 무극 시장 고객지원 센터को हलमा प्रदर्शन हुनेछ्। गत तीन वर्षअगाडि पनि संस्थाले ‘ए मेरो हजुर ३’ सफलता पूर्वक प्रर्दशन गरेको थियो । यस पटक कोरियामा नै पहिलो प्रदर्शन गरिने भएकोले दर्शकको बाक्लै उपस्थिति रहनेमा आयोजक आशावादी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...