आर्थिक युद्धमा रुस जिततर्फ


रुसमाथि पश्चिमको आर्थिक युद्ध तीन महिनादेखि चलिरहेको छ । तर, युद्ध प्रत्युत्पादक भइरहेको छ । सबैभन्दा उत्तम विकल्प मानेर भ्लादिमिर पुटिनविरुद्ध प्रतिबन्ध लागू गरिएको थियो । यो प्रतिबन्ध केही नगर्ने वा सैन्य हस्तक्षेप गर्ने विकल्पभन्दा उचित थियो । हाल प्रतिबन्ध बढाइए पनि रुस युक्रेनबाट पछि हट्ने संकेत देखिँदैन, किनभने यी प्रतिबन्धले रुसको तेल र ग्यास निर्यातको लागत बढाएको छ, जसले व्यापार सन्तुलनलाई बलियो बनाएर युद्धका लागि आवश्यक लगानी उपलब्ध गराइदिएको छ । र, यो परिणाम अस्वाभाविक छैन । पुटिनले सन् २०२२ को पहिलो चार महिनामा नौ खर्ब ६० अर्ब डलरको चालू खाता बचत रहेको घमन्ड गर्न सक्छन्, अर्थात् सन् २०२१ को तुलनामा यो रकम तीन गुणा बढी हो ।

युरोपेली संघले अघिल्लो साताको सुरुमा रुसी तेल निर्यातमा आंशिक प्रतिबन्ध घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो, जसले क्रेमलिनलाई ठूलो आर्थिक नाफा दिलायो । रुसलाई ऊर्जाका लागि नयाँ ग्राहक फेला पार्नु ठूलो समस्या होइन । उदाहरण, चीनमा तेल र ग्यासको ढुवानी अप्रिलमा वर्षकै ५० प्रतिशतभन्दा बढेको छ । प्रतिबन्धले रुसलाई क्षति पुर्‍याउँदैन भन्ने पनि होइन । अन्तर्राष्ट्रिय मुद्राकोषले पश्चिमा आयातमा आएको कमीका कारण यो वर्षको कुल गार्हस्थ उत्पादन आठ दशमलव पाँच प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ । रुसले आफ्नो अर्थतन्त्र चलाउन आवश्यक पर्ने उत्पादनको भण्डारण गर्न सक्छ, तर समयसँगै ती घट्ने पनि छन् ।

युरोपले जुन गतिले रुसी ऊर्जामाथिको आफ्नो निर्भरता घटाउँदै छ, त्यसले पुटिनलाई आसन्न आर्थिक संकटको सामना गर्नबाट रोक्नेछ । पुँजी नियन्त्रण र ठूलो व्यापार नाफाका कारण रुबल बलियो भएको छ । डाभोसमा भएको विश्व अर्थ शक्ति राष्ट्रको बैठकको सार्वजनिक सन्देशमा रुसी आक्रमणको निन्दा र युक्रेनसँग दृढ रहने वाचा थिए । यद्यपि दीर्घकालीन द्वन्द्वले निम्त्याउने आर्थिक नतिजाबारे निजी तवरमा चिन्ता भने व्याप्त थियो ।

यी चिन्ता पूर्णतया वैध छन् । रुसले युक्रेनमा गरेको आक्रमणले पहिले नै उच्च रहेको बजार–मूल्यमा थप दबाब बढाएको छ । बेलायतको वार्षिक मुद्रास्फीति दर नौ प्रतिशतभन्दा बढी छ, जुन पछिल्ला ४० वर्षकै सबैभन्दा बढी हो । त्यसैगरी पेट्रोलको मूल्य हालसम्मकै सबैभन्दा बढी छ र ऊर्जा मूल्यको सीमा अक्टोबरमा एक वर्षमा सातदेखि आठ सय पाउन्ड तोकिएको छ । बेलायती अर्थमन्त्री ऋषि सुनकले जीविका लागत संकटसँग जुध्नका लागि पछिल्लो चार महिनामा तेस्रो कार्यक्रम ल्याएका छन् र यस्ता कार्यक्रम यस वर्षको अन्त्यसम्ममा थपिने देखिन्छ ।

पश्चिमा अर्थतन्त्रले द्वन्द्वको परिणामस्वरूप कमजोर वा नकारात्मक वृद्धि र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेका छन्, जुन सन् १९७० को दशकको स्थिर मुद्रास्फीतिको अवस्थामा फर्किनु हो । बैंक अफ इंग्ल्यान्डजस्ता केन्द्रीय बैंक, दोहोरो–अंकको मुद्रास्फीतिसँग लड्न ब्याजदर बढाउने एक मात्र उपाय हो भन्ने विश्वास गर्छन् । बेरोजगारी बढ्ने पक्कापक्की छ । अन्य युरोपेली देशले सम्भवतः ठूलो आर्थिक संकटको सामना गर्नेछन्, किनभने यी देश बेलायतभन्दा रुसी ग्यासमा बढी निर्भर छन् । अर्कातिर विश्वका गरिब देशका लागि समस्या मुद्रास्फीतिभन्दा पनि युक्रेनको ब्ल्याक सी बन्दरगाहबाट गहुँ आपूर्तिमा हुने अवरोधले निम्तिने अनिकाल हो । ‘अहिले, एकातर्फ युक्रेनमा अन्नको पर्याप्त भण्डारण छ, अर्कातर्फ विश्वका चार करोड ४० लाख मानिस भोकमरीतर्फ अग्रसर छन्’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्ले बताउँछन् ।

परिस्थिति प्रस्ट छ, अर्थात् जबसम्म विकासशील देश आफैँ ऊर्जा निर्यातक बन्दैनन्, तब यी देशले ती धक्का झेल्नेछन्, अर्थात् इन्धन र खाद्यान्न समस्याले आर्थिक समस्या निम्तिनेछ । जब आफ्ना जनतालाई भरण–पोषण र अन्तर्राष्ट्रिय ऋण तिर्ने विकल्पबीच छनोट हुन्छ सरकारले भरण–पोषणलाई नै छनोट गर्नेछ । श्रीलंका रुसी आक्रमणपछि आफ्नो ऋण तिर्न नसक्ने पहिलो देश बन्यो र श्रीलंका अन्तिम देश हुनेछैन । विश्व सन् १९९० को दशकयता पूर्ण ऋण दिवालियापनको नजिक पुगेको देखिन्छ ।

रुसी राष्ट्रपतिले सुरुदेखि नै दीर्घकालीन खेल खेल्दै आएका छन्, अर्थात् आफूविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धन टुक्रेको हेर्न पर्खिरहेका छन् । क्रेमलिनले रुसको आर्थिक भार थेग्न सक्ने क्षमता पश्चिमको भन्दा बढी छ भन्ने ठान्छ र सम्भवतः यसबारे रुस सही पनि छ । राष्ट्रपति जो बाइडेनको युक्रेनलाई आधुनिक रकेट हतियार सहयोग गर्ने निर्णयले प्रतिबन्ध प्रभावकारी नभएको भन्ने थप प्रमाण झल्काउँछ । पुटिनलाई युद्धमा पुर्ण रूपमा पराजित गर्न सकेको खण्डमा मात्रै पश्चिमले लगाएको ऊर्जा प्रतिबन्ध र रुसी सम्पत्ति जफतको उद्देश्य पूरा हुनेछ, तर यस्तो सम्भव देखिँदैन । यसबाहेक अन्य धेरै परिणाम निस्किन सक्छन् । पहिलो यदि आर्थिक नाकाबन्दी अन्ततः सफल हुन्छ भने रुस पछाडि हट्न सक्छ । यसबाहेक वार्ताका माध्यमबाट समस्याको समाधान अर्को विकल्प हो ।

पुटिनले विनासर्त आत्मसमर्पण गर्ने सम्भावना छैन र आर्थिक युद्धका प्रतिकूल असर स्पष्ट छन्, अर्थात् समृद्ध देशमा जीवनस्तर घट्नेछ र अल्पविकसित देशमा भोकमरी, खाद्यदंगा र ऋण संकट बढ्नेछ । रुसी सेनाको अत्याचारका कारण क्रेमलिनसँगको सम्झौता गाह्रो देखिन्छ, तर आर्थिक वास्तविकताले ढिलो वा चाँडो सम्झौता हुने नै छ ।
(द गार्जियनकाे लेख नयाँ पत्रिकाबाट सभार गरेका हाै ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • दिपा मेवाहाङको कविता संग्रह “यादको सन्दुक” विमोचित
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • किम्हेमा सम्पन्न ख्यङ्साङ्नाम्दो कप प्रतियोगिताको उपाधीमा तमू धीं थेगु एफसीको वर्चस्व
  • ईपिएस

    कोरियन भाषा परिक्षा ईपिएसको आवेदन फाराम र परिक्षा-२०२२ दुबै अनलाईन हुने

    वैदेशिक रोजगार विभाग ई.पि.एस.कोरिया शाखा ग्वार्कोले यस वर्षको कोरियन भाषा परिक्षा ईपिएसको भाषा परिक्षाको आवेदन फाराम र भाषा परिक्षाको मिति तोकेको छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका योग्य उम्मेदवारले चैत्र १४ देखि २१ गते (तदानुसार March 28-April 04, 2022) सम्ममा परिक्षा आवेदन ...

    सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

    आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

    इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

    सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन