छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज


कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।

स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै कोरोना कहरको कारण गएको दुई वर्ष वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको भ्रमण कार्यक्रम स्थगित गर्नुपरेको र अहिले जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा पाँचौ संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका अध्यक्ष मिलन तामाङले जानकारी दिए । भ्रमणमा जानको लागी सउल क्षेत्रको लागि  दोङ्देमुन, किम्हे र बुसान क्षेत्रको लागि किम्हे र मिर्याङ र थेगु क्षेत्रको लागी मिर्याङबाट मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए ।

उक्त छेजुदो भ्रमणमा जान इच्छुकले उल्लेखित स्थान अनुरुप आफूलाई पायक पर्ने ठाउँमा बस चढ्नुपर्ने र ब्यानरमा उपलब्ध गरिएका आयोजकका व्यक्तिलाई सम्पर्क गरेर नाम टिपाउनुपर्नेछ । छेजुदो जाने आउने, खाना र जोडी (कपल) को लागि छुट्टै रुम तथा इन्स्योरेन्स समेत लगायतको सम्पूर्ण सुविधा प्याकेजमै समावेश  गरिएको आयोजकले जनाएको छ ।

भ्रमण अन्तर्गत छेजुदोको प्रसिद्ध मुख्य ११ ठाउँहरु:
1. Seongsan Ilchulbong
2. Seopjikoji,
3. Manjanggul Cave
4. Cheonjiyeon Waterfall
5.Theme Park
6. Museums
7. Ice Museum
8. Horse Riding
9. Jet Boating
10. Famous Beaches
11. 3D-6D & Entertainment games लगायत अन्य धेरै  मनोरम दृश्यहरु प्रत्यक्ष अवलोकन गर्न सकिने जनाइएको छ।

भ्रमण सम्बन्धि विस्तृत जानकारीको लागि समाजको संरक्षक सागर पोख्रेल  (010-2193-5373) र नाम दर्ताको लागि सम्बन्धित क्षेत्रमा तोकिएको ब्यक्तिहरु (ब्यानरमा उल्लेखित) लाई सम्पर्क गर्न समाजले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...