नेपाली परोपकार समाज थेगुले सेप्टेम्बर ११ मा भलिबल प्रतियोगिता आयोजना गर्ने
कोरिया स्थित नेपाली परोपकार समाज (NPS) थेगुले आउँदो सेप्टेम्बर ११ मा तेश्रो एनपीएस भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ ।
“प्रवासी एकता हाम्रो प्रतिबद्धता, स्वास्थ्यको लागी खेल अनिवार्य आवश्यकता” भन्ने नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा उद्धेश्यले थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष निमेश गुरुङले बताए ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्राप्त गर्नेछन् भने दुई सेमिफाईनलिष्ट टिमले ३ लाख ५० हजार कोरियन प्राप्त गर्नेछन् । अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट लिबेरोले जनही ५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन कायम गरिएको सोही संस्थाका खेल संयोजक फत्त पुनले जानकारी दिए ।
नेपाली परोपकार समाज (NPS) थेगुद्धारा आयोजित तेश्रो एनपीएस भलिबल प्रतियोगिता २०२२ लाई सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमीहरुमा सहयोगको लागी आयोजकले अनुरोध गरेको छ ।